Widgets

Home » » विश्वकै ठूला पाइताला भएका पुरुषले भेटे सबैभन्दा होँची महिला (फोटोफिचर सहित)

विश्वकै ठूला पाइताला भएका पुरुषले भेटे सबैभन्दा होँची महिला (फोटोफिचर सहित)

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
विश्वमा सबैभन्दा ठूलो आकारका पाइताला भएका मोरक्कोका ब्राहिम टाकिउल्लाह र विश्वकी सबैभन्दा होँची महिला भारतकी ज्योति अम्गेबीच भेट भयो । उनीहरुबीच भेटघाट मात्र भएन मज्जाको फोटोसेसन पनि चल्यो ।
१ फिट ३ इन्च लामा पाइताला भएका ३१ वर्षे ब्राहिम र केवल २ फिट अग्लो सरीर भएकी १९ वर्षकी ज्योतीले खिचाएका तस्वीर हेर्दा ब्राहिमका खुट्टा सामु ज्योतिको जिउ समेत निकै सानो प्रतित हुन्छ ।
1
ब्राहिम विश्वका सबैभन्दा लामा पाइताला भएका व्यक्ति मात्र होइनन् विश्वका दोश्रो अग्ला व्यक्ति हुन् जसको उचाई ८ फिट १ इन्च छ ।
उनीहरुबीचको यो अनौठो फोटोसेसन वास्तवमा एउटा नयाँ कामका लागि जुराइएको थियो । विश्वका मानिसहरुको पाइतालाको तस्वीरको सबैभन्दा वृहत संग्रह तयार पार्ने अभियान अमेजिङ फिट च्यालेन्जका लागि सबैभन्दा ठूलो तथा सबैभन्दा सानो पाइताला भएकी यी दुइको तस्वीर पनि खिचिएको हो ।
11
यो अभियान अन्तरगत ५० हजार जोडी पाइतालाका तस्वीर संग्रह गरी गिनिज बुकमा नाम लेखाउने लक्ष्य राखिएको छ । निम्न लिंकमा गएर आफ्ना पाइतालाका तस्वीर समेत समावेश गर्न सकिने बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger