भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
धूमपानका अम्मली आमाबाट जन्मिएका पुरुषहरुमा शुक्रकिटको संख्या कम हुने एक अध्ययनले देखाएको छ । साथै अध्ययनले आफै धूमपान गर्ने तथा लागु औषध सेवन गर्ने पुरुषहरुमा पनि प्रजनन सम्बन्धि समस्या देखिने चेतावनी समेत दिएको छ ।
पछिल्लो २० वर्षमा विश्वमा भएका विभिन्न अध्ययनहरुले पुरुषहरुमा विर्यको गुणस्तर अर्थात् विर्यमा शुक्रकिटको संख्या तथा गुणस्तर घट्दै गएको देखाएका छन् । यसको कारणमा विकिरणको समस्या देखि लिएर धूमपान कारक तत्वको रुपमा रहेको विज्ञहरुको भनाइ छ । यद्यपि पछिल्लो अध्ययनले भने जन्मपछि मात्र नभएर गर्भभै रहँदाका विभिन्न असरहरु समेत पुरुषमा शुक्रकिटको संख्या तथा गुणस्तर खस्किनुका कारक तत्वको रुपमा रहन सक्ने देखाएको हो ।
अध्ययन अनुसार गर्भवती महिलाले धूमपान गर्दा त्यसको असर गर्भमा रहेको बच्चामा समेत पर्छ र भ्रुणको विकाश धिमा हुन्छ । त्यस्तै धूमपान गर्ने महिलाबाट जन्मिएका बच्चाको शिशु अवस्थामा समेत वृद्धि विकाश पनि कम हुन्छ र वयस्क अवस्थामा शुक्रकिटको वृद्धि समेतमा असर पुग्छ ।
बेलायतको लण्डनमा आयोजित युरोपियन सोसाइटी अफ रिप्रोडक्सन एण्ड इम्बि्रओलोजीको वाषिर्क बैठकमा पेश गरिएको अध्ययन प्रतिवेदन अनुसार सन् १९८९ देखि सुरु गरिएको अध्ययनका क्रममा २९ सय जना गर्भवती महिला र उनीहरुबाट जन्मिएका बच्चामा परीक्षण गरिएको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.