Widgets

Home » , » वजन घटाउनुहोस्, सुनको सिक्का लैजानुहोस्

वजन घटाउनुहोस्, सुनको सिक्का लैजानुहोस्

Written By sangalo on Monday, July 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

walk

हामीकहाँ जनता भोकभोकै मर्दा त सरकारले खासै चासो हुँदैन भने बढि खाएर मोटाए भन्ने चिन्ता कसलाई होस् ? तर हाम्रो सरकारलाई चिन्ता नभएर के भो त ? यो विश्वका केही देशका सरकारलाई जनता भोकाए भन्ने मात्र होइन बढि खाएर मोटाए पनि चिन्ता हुन्छ । युएइको दुबइमा यस्तै भएको छ । दुबइका जनता एकाएक मोटाउन थालेपछि स्थानीय सरकारलाई चिन्ता लाग्न थालेको छ । महानगरपालिकाले जनतालाई वजन घटाउन लोभ्याउने एउटा टि्रक निकालेको छ । उसले जनतालाई स्लिम बनाउनका लागि निकै अनौठो तर लोभलाग्दो स्किम सार्वजनिक गरेको छ । दुबइ बासीको लागि निकै सुनौलो अवसर यो छ की उनीहरु जति स्लिम बन्छन् उति नै सुन पाउँछन् । गएको मंगलबार सार्वजनिक गरिएको यो स्लिमको बदला सुन कार्यक्रम प्रति दुबइबासी निकै उत्सुक देखिन्छन् । महानगरपालिकाले नारा नै दिएको छ, तपाइँको वजन सुन हो । वजन कम गर्नका लागि ३० दिनको समय रहनेछ । जुन जुलाई १९ मा सुरु भएकोमा अगष्ट १६ मा सकिनेछ । यो वजन कम गर्ने योजनामा भाग लिने मानिसहरुले कम्तिमा पनि दुइ किलो वजन घटाउनुपर्नेछ, तबमात्र सुन पाइनेछ । यसका साथै लक्की ड्र समेत गरिनेछ र लक्की ड मा पर्ने ३ जना विजेतालाई करीब साढे ५ हजार डलर मूल्य बराबरको सुनको सिक्का पुरस्कार दिइनेछ । तौल घटाउने योजनामा सहभागी हुने व्यक्तिहरुको वजन योजना सुरु हुने दिनका साथै अन्तिम दिनमा लिइनेछ । दुबइ नगर निगमका निर्देशक जनरल नसीर लूताहका अनुसार दुबइमा मानिसहरुको वजन नियन्त्रणका लागि वर्षेनी विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger