Widgets

Home » » आर्मी हेलिकप्टरमा हिरोइन!

आर्मी हेलिकप्टरमा हिरोइन!

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आर्मी हेलिकप्टरमा हिरोइन!
काठमाडौं – अभिनेत्री निशा अधिकारीले हेलिकप्टरको ककपिटमा खिचिएको फोटो शनिबार फेसबुकमा सार्वजनिक गरिन्। फोटोलाई १२ सय भन्दा बढीले लाइक गरे, तर सेनाको हेलिकप्टरमा बसेर उनले फोटो कसरी खिच्न पाइन्? कसैले पनि प्रश्न उठाएका छैनन्। नेपाली फिल्म 'भीमदत्त' सुटिङको क्रममा निशा १९ दिनदेखि डढेलधुरामा थिइन्। 'डढेलधुरादेखि कोहलपुरसम्म' शीर्षकका फोटोहरुमा फिल्मका निर्माता तथा अभिनेता नवल खड्का, अभिनेत्री सुमिना घिमिरे र निर्देशक हिमग्याप टासी पनि देखिन्छन्। फोटोहरु हेर्दा उक्त हेलिकप्टर सुटिङकै लागि भाडामा लिइएकोजस्तै देखिन्छ। तर निर्माता खड्काले हेलिकप्टर भाडामा नलिइएको र सुटिङमा पनि प्रयोग नगरिएको बताए। बरु कामको सिलसिलामा डडेलधुरामा रहेका चिनजानका कर्नेल प्रकाश थापा लगायतको टोली सुटिङ हेर्न आएको खड्काको दावी छ। सेनाको हेलिकप्टरमा बसेर फोटो खिच्न पाइन्छ कि पाइँदैन भनेर प्रश्न गर्दा सेना प्रवक्ता सुरेश शर्मा निर्देशिका हेर्नुपर्ने भन्दै पन्छिए। अभिनेत्री अधिकारीको फेसबुक स्ट्याटसले फिल्म टोली डडेलधुरादेखि कोहलपुरसम्म हेलिकप्टरमै उडेर आएको अर्थ लाग्छ। निशाले आफ्नो स्ट्याटसमा हेलिकप्टरको मोडल 'एएस ३५० बि थ्री' समेत उल्लेख गरेकी छन्। उक्त विषयमा सेना प्रवक्ता शर्माले फोटो खिचाएको सत्य भए पनि हेलिकप्टरबाट फिल्म टोलीलाई यात्रा नगराइएको दावी गरे। 'सेनाको हेलिकप्टरमा फोटो खिचाएको भन्ने जानकारी पाएको छु। तर डडेलधुराबाट कोहलपुर आएको भन्ने चाहिँ पुष्टि भएको छैन। हामी अनुसन्धानको क्रममा छौं। सम्बन्धित ठाउँमा सत्यतथ्य जानकारीका लागि ध्यानाकर्षण गराएको छु,' शर्माले भने। सोही बुझ्न विषयमा नेपाली सेना उडड्यन प्राधिकरण महानिर्देशनालयका एक उच्च अधिकृतसँग सम्पर्क राख्दा बोल्न मानेनन्। सैनिक ऐन २०६३ को दफा ४९ उपदफा 'क'मा उल्लेख भए अनुसार सरकारी वा सार्वजनिक सम्पत्ति बदनियत राखी निजी काममा उपयोग गरेमा सम्पत्ति सम्बन्धी कसुर गरेको मानिने उल्लेख छ। त्यस्तै सोही ऐनको दफा ५२ को उपदफा 'छ'ले सुव्यवस्था तथा सैनिक अनुशासन कायम राख्न गर्नुपर्ने कुनै काम नगरेमा वा सुव्यवस्था तथा सैनिक अनुशासनविरुद्ध कुनै काम गरेमा अनुशासन तथा आचरण सम्बन्धी कसुर लाग्ने उल्लेख गरेको छ । केही समयअघि 'बधशाला' फिल्ममा अनुमति बिना सेनाको युनिफर्म प्रयोग गरिएको भन्दै सेनाले आपत्ति जनाएको थियो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger