भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सोसल नेटवर्क हस्ती फेसबुकले ग्राफसर्च फिचर सुरु गरेको छ। विगतमा बिताएका रोमाञ्चक पलहरुका पोष्ट, तस्विर तथा विशेष घटना फेसबुकमा खोजिरहनु भएको छ भने पुराना डाटा खोज्न ग्राफसर्च एउटा राम्रो उपाय हुनेछ। एक अर्ब बढी प्रयोगकर्ता रहेको सामाजिक सञ्जालका प्रयोगकर्तालाई यो फिचरले नयाँ तरिकाले फोटो, स्थान तथा इच्छाएको व्यक्ति खोज्ने सुविधा दिनेछ। गत जनवरीमा फेसबुक सिइओ मार्क जुकेरवर्गले ग्राफसर्च ल्याउने घोषणा गरेको ७ महिनापछि सोमबार अमेरिकी प्रयोगकर्ताका लागि ग्राफसर्च उपलब्ध भएको हो। हाललाई अमेरिकाबासी प्रयोगकर्ता वा फेसबुकको अमेरिकन अंग्रेजी भर्सन चलाउने प्रयोगकर्ताले मात्र यो फिचरको सुविधा पाउने छन्। अन्य स्थान र भाषाका लागि यो वर्षको अन्त्यसम्म ग्राफसर्च फिचर उपलब्ध हुने फेसबुकले जनाएको छ। फेसबुकको ग्राफसर्च एक किसिमको 'सर्च इन्जिन' हो। सर्च इन्जिन नै भए पनि ग्राफसर्च गुगल वा बिङभन्दा रोचक छ। मान्छे, फोटो, स्थान वा आफ्नो इच्छाअनुसारका विषयहरु ग्राफसर्चबाट खोज्न सकिनेछ। रेष्टुराँ वा कार्यालय खोज्न पनि यो उपयोगी छ। 'प्लेस टाइप','लाइक्ड बाइ','भिजिटेड बाइ फ्रेण्ड' जस्ता फिल्टरहरु भएको स्टक्चर सर्च प्रयोग गरी साथी खोज्न र सम्भावित कनेक्सन पत्ता लगाउन सकिनेछ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.