Widgets

Home » » मस्त सुत्नुहोस, मुटु जोगाउनुहोस्

मस्त सुत्नुहोस, मुटु जोगाउनुहोस्

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मस्त सुत्नुहोस, मुटु जोगाउनुहोस्
तपाइँ दैनिक कति समय सुत्नुहुन्छ? ७ घण्टा सुत्नुहुन्छ छ भने तपाइँको स्वास्थ्य तथा मुटुमा कम समस्या देखिनेछ। एउटा बृहत्‌ अनुसन्धानले भनेको छ मुटुलाई जोगाउन रक्सी वा चुरोटबाट टाढा रहनु त छँदैछ दैनिक ७ घण्टा गहिरो निद्रामा निदाउन पनि अति आवश्यक छ। नियमित व्यायम र जीवनशैलीलाई सुधार गरेर पर्याप्त मात्रामा निदाउने हो भने मुटु रोग लाग्ने सम्भावना न्यून पार्न सकिन्छ। युरोपका अनुसन्धानकर्ताले भनेका छन् गहिरो निद्राको मुटुरोग रोकथाममा ठूलो असर रहन्छ। उनीहरुको दाबी छ यदि यो सिद्धान्तलाई पालना गर्ने हो भने मुटु रोगसम्बन्धी धेरै समस्याहरु बिरामी आफैँले समाधान गर्नसक्छ। नेदरल्याण्डको एउटा टोलीले १४ हजार पुरुष तथा महिलामा एक दशकसम्म गरेको अनुसन्धानपछि यस्तो निष्कर्ष निकालेको हो। सहभागी मध्ये अनुसन्धान दौरान ६ सय जनालाई मुटु रोग सुरु भएको थियो। तीमध्ये १२९ जनाको मृत्यु भयो। बिल्थोभेन र वेगजेनिनजेन विश्वविद्यालयको अनुसन्धानले व्यायाम, राम्रो खानपान, धुम्रपानदेखि टाढा तथा रक्सी सेवन नगर्ने बिरामीको मुटुरोगका कारण मृत्यु हुने सम्भावना कम देखिएको औंल्याएको छ। मुटुका लागि मात्र नभइ स्वस्थ्य जीवनशैलीका लागि यी चार पक्षलाई ध्यान दिनुपर्ने अनुसन्धानकर्ताले बताएका छन्। यी चार पक्षलाई ध्यान दिने व्यक्तिहरुमा मुटु रोगसम्बन्धी खतरा ५७ प्रतिशत कम हुने तथा मुटु रोगका कारण मृत्यु हुने खतरा ६७ प्रतिशतले घट्ने अनुसन्धानले देखाएको छ। नेदरल्याण्डको विश्वविद्यालयको यस्तो प्रतिवेदन आएसँगै ब्रिटेन हर्ट फाउन्डेसनले भनेको छ राति पूरै जाग्नेहरुले पनि चिन्ता गिरहाल्नु चाहिँ पर्दैन। 'यो अनुसन्धानले जोड दिएको पक्ष स्वस्थ जीवनशैलीका साथै राम्रो निद्राले मुटुलाई खतराबाट जोगाउँछ भन्ने हो', उसले भनेको छ- 'तर यसको मतलब राति राम्रो निदाउन नसक्नेहरु सबैमा मुटु रोग लाग्छ भन्ने हैन।' अनुसन्धानकर्ताले भनेका छन् मुटु र निद्राबीचको सम्बन्ध अझ प्रस्ट पार्न अनुसन्धान गर्न जरुरी छ। 'निद्रामा कमी समस्या बन्दै गएको छ। त्यसैले जब तपाइँ निदाउन सक्नुहुन्न डाक्टरलाई भेट्नुहोस्', फाउण्डेसनका एक नर्सले भनेका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger