Widgets

Home » » मान्छेले मात्र हैन डल्फिनले पनि नामले बोलाउँछन्

मान्छेले मात्र हैन डल्फिनले पनि नामले बोलाउँछन्

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मान्छेपछिको सबैभन्दा बुद्धिमान जिव मानिने डल्फिनले पनि एक अर्कालाई नामले बोलाउने गरेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । स्कटल्याण्डका शोधकर्ताहरुका अनुसार डल्फिनले अर्को डल्पिmनलाई बोलाउन विशेष प्रकारको सुसेली हाल्छ । जब आफुले अर्को  डल्फिनलाइ बोलाउनका लागि हालेको सुसेलीको प्रतिउत्तर अर्को डल्फिनले त्यस्तै सुसेलीबाट दिन्छ तबमात्र ती दुइबीच सम्पर्क स्थापित भएको ठानिन्छ ।
dolphin1b
डल्पिmनले अर्को  डल्फिनसँग संचार सम्पर्क स्थापित गर्न फरक फरक ढंगको सुसेली हाल्ने गर्छ । यसको अर्थ कुनै एक डल्पिmनको लागि एक प्रकारको सुसेलीले बोलाइन्छ र अर्कोका लागि अर्कै सुसेली । मान्छेलाई नामले बोलाएजस्तै  डल्फिनले अर्को  डल्फिनलाई आफ्नो सुसेलीको प्रकारका माध्यमबाट निश्चित नाम दिन्छ । अर्थात् सुसेलीको विशेष प्रकार नै   डल्फिनबीचको एक अर्कालाई बोलाउने वा सम्पर्क स्थापित गर्ने नामको रुपमा रहेको हुन्छ ।
यसका लागि वैज्ञानिकहरुले केही  डल्फिनका विभिन्न आवाजहरु रेकर्ड गरे । अनि विशेष यन्त्रको सहायताले डल्पिmनहरु बस्ने गरेको जलक्षेत्रको पानी मुनि लगेर ती आवाज प्ले गरे । त्यसक्रममा के पाइयो भने त्यसरी बजाइएका आवाजहरुमा हरेक एक आवाज कुनै एक डल्पिmनको पहिचान सुसेली अर्थात् नामको रुपमा रहेको आवाज रहेछ ।  डल्फिनले जब आफ्नो पहिचान सुसेली बजेको सुन्थ्यो तब त्यस्तै आवाज निकालेर प्रतिक्रिया दिन्थ्यो ।
तर अरु आवाज बजाउँदा प्रतिक्रिया दिँदैनथ्यो । अन्य आवाज बजाउँदा पनि अरु डल्फिनले दिने प्रतिक्रिया त्यस्तै थियो । यसको अर्थ हरेक डल्फिनको छुट्टै सुसेली नाम हुँदो रहेछ र अर्को डल्पिmनले त्यसरी सुसेल्दा उसले आफुलाई बोलाएको भनेर जान्दो रहेछ र प्रतिक्रिया जनाउँदो रहेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger