Widgets

Home » » सलमान अदालतमा, हुनसक्छ १० बर्ष जेल सजाँय

सलमान अदालतमा, हुनसक्छ १० बर्ष जेल सजाँय

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड नायक सलमान खानको विरुद्धमा लामो समयदेखि चल्दै आएको ‘हिट एन्ड रन केश’को फैसला वुधबार हुन सक्ने छ । मुम्बई अदालतले सलमानलाई जुलाई २४ अर्थात वुधबार जसरी पनि उपस्थित हुन आदेश दिएको थियो । यसैले सलमान बिहान ११ बजे घरबाट निस्किएका पनि थिए । तर न्यायधिसको सरुवा भएकाले उनको फैसला केही समय पर सरेको बताइएको छ ।सलमानलाई मदिरा पिएर गाडी चलाई १ व्यक्तिको हत्या र ४ जनालाई घाइते बनाएको आरोपमा सलमान मुद्दा खेपिरहेका छन् । सलमानको विरुद्धमा आइपीसी को धारा ३०४-२), ३७९, ३३७, ३३८, ४२७ र १३४-ए) र मोटर ऐन अधिनियमको धारा ६६-बी) लागेको छ । यसकारण सलमानलाई १० बर्ष सम्म जेल सजाँय हुनसक्ने सम्भावना बढ्दै गएको छ । सलमानले ३०४-२) धारा नलगाउन गरेको आग्रहलाई अदातले अस्विकार गरेपछि उनी अप्ठ्यारोमा परेका हुन् ।
कोर्टमा सलमानसँग उनको २ बहिनीहरु पनि सँगै रहेको बताइएको छ । एक दशक भन्दा बढि समयदेखि यो मुद्दामा फसेकाले पनि सलमानले जीवनमा कुनै निर्णय गर्न सकेका छैनन् । यसैले पनि उनले आजसम्म बिहे नगरेको बताइन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger