Widgets

Home » » माटो बग्यो, छाक घट्यो 'गाउँमै बाढी पस्दा त मतलव छैन, खेत कसले जोगाइदिने ?'

माटो बग्यो, छाक घट्यो 'गाउँमै बाढी पस्दा त मतलव छैन, खेत कसले जोगाइदिने ?'

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

होलिया (बाँके), श्रावण १२ - राप्तीको बाढीले होलियाका राधेश्याम कुर्मीको पूरै खेतबारी समुद्रजस्तो देखिन्थ्यो । नदी किनारमा उभिएका कुर्मी निकै चिन्तित थिए । 'बाढीले सबै खेत कटान गर्‍यो,' राधेश्यामले भने, 'अब के खाने ?' बितेका तीन साताभित्र आएको बाढीले धान रोपेको खेत बगरमा परिणत गरेको छ । 'हेर्दाहेर्दै ४ बिघा जमिन बगायो,' नदी कटानका कारण आफूसँगै धेरै किसान भूमिहीन भएको बताउँदै उनले भने, 'माटो बगाएपछि धेरैको छाक घटेको छ ।' राप्ती नदीले बाँकेको होलिया, बेतहनी, कम्दी, फत्तेपुर, गंगापुर र मटेहियाका हजारांै बिघा जमिन बगर बनाएको छ । यो क्रम हरेक वर्ष दोहोरिँदै आएको छ । 'बिहान उठ्दा सबै खेत बगिसकेको थियो,' बेतहनी ६ का तीर्थराम धोवीले भने, 'खेतमा नदी बग्छ । खाने बस्ने समस्या छ ।' महिना दिनभित्र फत्तेपुरदेखि होलियाको करिब १५ किलोमिटर तटीय क्षेत्रको सयौं बिघा जमिन नदीले कटान गरेको छ । फत्तेपुर गाविसस्थित विश्म्भरपुर, सर्री, गुलालडीहा र कचनापुरमा करिब ३ सय बिघा जमिन बगर भयो । ठाउँठाउँमा कटान गरेको छ । कटान तीव्र भएपछि दर्जनौं परिवार सुकुम्बासी भएका छन् । होलिया गाविस ५, ७, ८, ९ मा पर्ने टेपरी, पिप्रहवा र खडैंचाका बासिन्दा धेरै पीडित छन् । वषर्ा सुरु भएपछि प्रहरी प्रशासन उद्धार र राहत सामग्रीसाथ तम्तयार हुन्छन् । पानी पर्नासाथ डुबानको अवस्था बुझ्न तटीय क्षेत्रतिर लाग्छन् । कटान नियन्त्रणतिर भने कसैले पाइला चालेको पाइँदैन । बितेका १५ वर्षदेखि यही क्रम चलिरहेको छ । 'गाउँमै बाढी पस्दा त मतलव छैन,' घर खेत डुबानपछि बिचल्लीमा परेकी मायावती कुर्मीले भनिन्, 'खेत कसले जोगाइदिने ?' 'नदी कटान भयावह रूपमा बढ्दो छ,' अवस्था अध्ययन गरिरहेका जनताको तटबन्ध कार्यक्रमका डिभिजन इन्जिनियर बिनोद चापागाइर्ंले भने । चपागाइर्ंले अर्को वर्ष होलिया ५ टेपरीनजिकैबाट कटान नियन्त्रण काम हुने बताए । 'नदीको दुवै किनारमा भारतले ५ किलोमिटर पक्की तटबन्ध बनाइदिने भनेको छ,' चापागाईंले भने, 'भारतले नबनाए पनि हामी काम थाल्छांै ।' बढ्दो कटान नियन्त्रण गर्न विभागीय अधिकारीसमेत सकारात्मक देखिएको उनले बताए । तर भालुवाङदेखि होलियासम्मको नदी नियन्त्रण क्षेत्र व्यापक भएकाले बजेट अभाव रहेको उनी बताउँछन् । 'मास्टरप्लान अनुसार बजेट निकास भयो भने जनताको माग पूरा गर्न सकिन्छ,' चापागाईंले भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger