Widgets

Home » » नेपालको ध्यान फाइनलमा साफ यू-१६ च्याम्पियनसिप

नेपालको ध्यान फाइनलमा साफ यू-१६ च्याम्पियनसिप

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

साफ यू-१६ च्याम्पियनसिपमा बिहीबार बंगलादेशविरुद्ध बल अगाडि बढाउने प्रयासमा भारतीय खेलाडी । तस्बिर : कौशल अधिकारी/कान्तिपुर - See more at: http://202.166.193.40/np/2070/4/11/full-story/372821.html#sthash.Px9qETDP.dpuf

काठमाडौ, श्रावण १२ - नेपाल पहिलोपल्ट साफ यू-१६ च्याम्पियनसिप फुटबलको फाइनल यात्रा गर्ने लक्ष्यसहित शनिबार बंगलादेशविरुद्ध सेमिफाइनल खेल्दैछ । घरेलु मैदानमा नेपालले वर्षातले प्रभावित समूह चरणका खेलमा प्रभावशाली प्रदर्शन गरेको थियो । नेपालले भुटानलाई ७-० र डिफेन्डिङ च्याम्पियन पाकिस्तानलाई ३-० ले हरायो । उस्तै स्तरको अफगानिस्तानविरुद्ध १-१ को नतिजा निकाल्दै अंक बाँडेको थियो । यस्तोमा नेपाल समूह 'ए' विजेता नै भयो । पाहुना टोली बंगलादेशले भने समूह चरणका दुवै प्रतिद्वन्द्वीलाई दबाबमा राख्न सकेन । श्रीलंकालाई ३-१ ले हराएपछि भारतसँग २-० को हार बेहोर्दै बंगलादेश समूह 'बी' उपविजेता भएको थियो । 'समूह चरणमा बंगलादेशले खासै राम्रो खेलेन । नेपाल, अफगानिस्तान र भारतको तुलनामा बंगलादेश कमजोर छ,' नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भने, 'उसका २-४ खेलाडी स्तरीय छन् । तर, हाम्रा खेलाडी जस्तो तीव्र गतिमा खेल्न सक्ने क्षमताका छैनन् ।' तैपनि बंगलादेशलाई कमजोर नठान्ने उनले बताए । 'सेमिफाइनल हो, फाइनल पुग्ने आसमा सकेसम्म राम्रो खेल्ने प्रयास गर्ने हुन्छ । त्यसैले बंगलादेशले हामीलाई कठिन चुनौती दिन सक्छ,' महर्जनले भने । उनले थपे, 'हामी गल्ती गर्ने छैनौं । र, आक्रामक फुटबल खेल्दै सुरुमै गोल गर्दै अग्रता लिएर बल पजेसन राख्दै अगाडि बढ्ने योजना छ । बंगलादेशलाई हराएर फाइनलको तयारी गर्न चाहन्छौं ।' सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका विमल घर्तीमगर र अञ्जन विष्टले नेपालको अग्रपंक्ति सम्हाल्ने छन् । प्लेमेकरको भूमिकामा कप्तान हेमन्त थापामगर हुनेछन् । नेपालले सेमिफाइनल यात्रासम्म गरेका ११ मध्ये नौ गोल विमल र हेमन्तको नाममा छ । विमल ५ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा सबैभन्दा अगाडि छन् । हेमन्तले ४ गोल गरेका छन् । यी दुई नेपालका मुख्य खेलाडी हुन् । उनीहरूले बंगलादेशविरुद्ध पनि राम्रो खेल्ने प्रशिक्षक महर्जनको आस छ । टिममा परिवर्तन गर्न जरुरी नभएको उल्लेख गर्दै उनले भने, 'जसलाई खेलाए पनि सबैले मिहिनेत गरेर राम्रो खेले । त्यसैले खेलाडीको मनोबल उच्च छ ।' नेपाली किशोर टिमलाई घरेलु मैदान र दर्शकको पनि साथ छ । बंगलादेशका निम्ति दशरथ रंगशाला नयाँ मैदान हुने छ । उसले समूह चरणका दुवै खेल लगनखेलस्थित आर्मी मैदानमा खेलेको थियो । बंगलादेशका डच प्रशिक्षक रेने कोस्टरले पनि आफ्नो टिम नेपालभन्दा कमजोर भएको स्वीकारे । 'नेपाल राम्रो टिम हो । उसका खेलाडी उत्कृष्ट छन् । त्यो स्तरका खेलाडी हाम्रो टिममा छैनन् । तैपनि हामी डराएर खेल्ने छैनौं । क्षमताले भ्याएसम्म उत्कृष्ट खेल पस्कँदै नेपाललाई कठिन चुनौती दिने प्रयास गर्नेछौं ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger