Widgets

Home » » पोस्टमार्टम नहुँदा ५ दिनदेखि भोकै

पोस्टमार्टम नहुँदा ५ दिनदेखि भोकै

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

mugu hospital

मुगु, श्रावण ९ - जिल्ला अस्पताल ठिनीमा चिकित्सक नभएर ५ दिनदेखि शव पोस्टमार्टम हुन नसक्दा परिवार र आफन्त भोकभोकै बस्न बाध्य छन् । मृतकको दाहसंस्कार नहुँदासम्म परिवारका सदस्य र आफन्तले केही खान नहुने स्थानीय चलनअनुसार उनीहरू भोकै बसेका हुन् । मृतकका परिवारले छाक बार्ने र आफन्त गाउँलेले नुन नखाने चलन भएकाले सबैलाई समस्या परेको छ । पिना- ५ बालैगाउँका २२ वर्षीय नाना भामको शव शुक्रबार पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको थियो । गर्मीले शव कुहिएर दुर्गन्ध बढ्दै गएको छ । घरमै झुन्डिएर मृत भेटिएकाले अनुसन्धानका लागि शवलाई पोस्टमार्टम गर्न ल्याइएको प्रहरी नायब उपरीक्षक रनबहादुर रायमाझीले बताए । 'डाक्टर नहुँदा शव कुहिँदै गएको छ', मृतकका आफन्त सुरत भामले भने, 'अर्कोतर्फ चार दिनसम्म दाहसंस्कार नहुँदा भोकभोकै बस्नुपरेको छ । न त डाक्टर आउँछ न त शव जलाउनै पाइएको छ ।' 'यत्रो दिनसम्म डाक्टर आएनन्, हामी शव बुझेर लिन्छौं भन्दा पनि जिल्ला प्रशासनले दिन मानेन,' उनले भने, 'भोलिसम्म पनि पोस्टमार्टम हुन सकेन भने हामी शव बुझ्दैनौं, अस्पतालमै कुहिन्छ ।' 'चिकित्सक ल्याउने हेलिकप्टर नेपालगन्जमा तयार छ, मौसम खुल्दैन', प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले भने, 'कानुनले पोस्टमाटम नगरी हुँदैन, त्यतिकै शव परिवारलाई बुझाउन मिल्दैन । के गर्नु ? जटिल समस्या पो पर्‍यो ।' परिवारसहित बालै गाउँका स्थानीयवासी शोकमग्न छन् । कति बेला चिकित्सक आउँलान् भन्दै बाटो हेर्दाहेर्दा थकित भएका छन् । चिकित्सक परण भण्डारीको करार सेवा सकिएको र अर्का चिकित्सक अर्जुन भट्ट लोकसेवा परीक्षा दिन एक महिनाका लागि काठमाडौंतिर गएकाले जिल्ला अस्पताल चिकित्सकविहीन भएको हो । पोस्टमार्टमका लागि चिकित्सक पठाइदिन क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई बारम्बार अनुरोध गरिरहेको जिल्ला स्वास्थ्य अधिकृत बिर्खबहादुर शाहीले भने बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger