Widgets

Home » » यूएईमा नेपालीलाई मृत्युदण्ड बचाइदिनुस्: पत्नी

यूएईमा नेपालीलाई मृत्युदण्ड बचाइदिनुस्: पत्नी

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

women

दोहा (कतार), श्रावण ९ - संयुक्त राष्ट्र इमिरेट्स (यूएई) को आबुधाबीस्थित तल्लो अदालतले पाकिस्तानी नागरिकको हत्या अभियोग लागेका नेपाली अनिश खालिङ राईलाई मृत्युदण्ड सुनाएको छ । मत्स्यपोखरी-३, संखुवासभाका निवासी २३ वर्षीय राईलाई स्थानीय आबुधाबी अदालतले शनिबार मृत्युदण्ड सुनाएको हो । करिब डेढ वर्षअघि घरेलु कामका लागि आबुधाबी गएका राई ०६९ कात्तिक ९ देखि थुनामा छन् । २०६९ कात्तिक ९ गते एउटा रेस्टुरेन्टमा झगडाका क्रममा घाइते भएका पाकिस्तानीको ज्यान गएपछि राई समातिएका थिए । यूएईमा हत्या अभियोग खेपेका चार नेपाली छन् । यूएईका लागि नेपाली राजदूत धनञ्जय झाले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयबाट पत्र आएपछि मृत्युदण्डबारे थाहा भएको बताए । 'यहाँ मुद्दा चल्दै गरेको थियो । फैसाला हुने तयारीमा थियो,' उनले भने, 'परराष्ट्रबाट पनि यसबारे जानकारी माग भएको छ ।' दूतावासले यसबारे विस्तृत बुझ्न बुधबार राईलाई राखिएको ठाउँमा प्रतिनिधि पठाउँदैछ । 'हाम्रो जनसम्र्पक अधिकृतलाई विस्तृत रूपमा बुझेर ल्याउन बुधबार -आज) पठाउँदैछौं,' उनले भने, 'त्यसपछि उनको अवस्थाबारे विस्तृत रूपमा बाहिर आउनेछ ।' राईलाई दूतावासबाट दुई घन्टा टाढा अलऐन भन्ने स्थानमा राखिएको छ । राजदूत झाले तल्लो तहबाट भएको फैसालाबारे पुनरावेदन हुँदै सर्वोच्च अदालतमा जान सकिने स्थिति रहेको बताए । 'अरू खालका मुद्दामा पनि मृत्युदण्ड सुनाइएको अवस्था छ । अन्तिम अदालतबाट भएको फैसलाको कार्यान्वयन भएको छैन,' उनले भने, 'माथिल्लो अदालतमा जान सकिन्छ ।' नियोग उपप्रमुख दीपक अधिकारीका अनुसार मृत्युदण्डसम्बन्धी मुद्दामा एकपटक मृतकका परिवारसँग छलफल गर्ने कानुनी प्रावधान छ । अभियोग प्रमाणित भए पीडित परिवारलाई अभियुक्तलाई फाँसी नै दिने, ब्लडमनि लिएर माफी दिने वा केही पनि नगरी माफी दिनेमध्ये एक रोज्न लगाउँछ । यस अवस्थामा मृतकका परिवारको निर्णय नै अन्तिम हुनेछ । प्रायजसो घटनामा ब्लडमनि लिएर पीडकलाई छाडिदिने गरिएको छ । स्थानीय कानुनअनुसार ब्लडमनिका लागि दुई लाख दिनार दिनुपर्नेछ । राजदूत झाले एउटा मुद्दामा नेपाली-नेपालीबीच ब्लडमनि दिएर मिल्ने सहमति भएको बताए । बचाइदिनुस्: पत्नी दिनेश रेग्मी काठमाडौं- यूएईमा मृत्युदण्ड सुनाइएका अनिश खालिङ राईलाई बचाउन परिवारले आग्रह गरेको छ । राईकी श्रीमती रविता काखकी छोरी रितुसहित राजधानीमा श्रीमान्को जीवनरक्षाका लागि गुहार माग्दै हिँडेकी छन् । राईका बुवा भारतमा र आमा, बहिनी, भाइ घरमा छन् । 'छोरी जन्मेदेखि उहाँले देख्नपाउनु भएको छैन,' छोरी लिएर आएकी रविताले कान्तिपुरसँग भनिन्, 'कहाँ के गर्नुपर्छ थाहा छैन, जसरी हुन्छ ज्यान जोगाएर फर्काइदिन आग्रह गर्छु ।' राई यूएई पुगेको एक सातापछि छोरी जन्मिएकी थिइन् । एसएलसीपछि सीएमए तालिम गरेका राई आफन्त दाइ तेसबल खालिङ राईले पठाएको भिसामा त्यहाँ गएका थिए । सीएमए गरेकी रविता दोभाने-८, भोजपुरस्थित माइतीमा सानो औधषि पसल चलाएर गुजारा गर्दै आएकी छन् । एउटै घरमा काम गर्ने राईलाई समलिंगी पाकिस्तानीले 'बलात्कार' गरेपछि झगडा परेको सुनेको उनले बताइन् । 'बलात्कार गरेपछि घटना भएको हो भनेर प्रहरीमा भन्नुभएको छ रे,' यूएईमा रहेका तेसबललाई उद्धृत गर्दै उनले भनिन्, 'खास के भएको हो भन्ने हामीले थाहा पाउन सकेका छैनौं ।' रविताको श्रीमानसँग थुनामा पर्नुअघि ६/७ पटक फोन भएको थियो । उनी अरबीको घरमा बगैंचेको काम गर्थे । भिसा र जाने खर्चसहित ६० हजार रुपैयाँ लागेको उनले बताइन् । 'पैसा पठाउँछुभन्दा भन्दै जेल पर्नुभयो,' रविताले भनिन्, 'जेल परेदेखि फोन सम्पर्क भएको छैन ।' छिमेकी दोभानेका सीताराम खत्रीको सहयोगमा उनले आइतबार परराष्ट्रको कन्सुलर शाखामा जीवनरक्षाका लागि निवेदन दिएकी छन् । शाखाले निवेदन दूतावासमा पठाइसकेको जनाएको छ । राजधानीमा रवितालाई सहयोग गरेकी आफन्त दिदी पञ्चमाया राईले पनि जीवनरक्षाको पहल गरिदिन आग्रह गरिन् । 'हामी बोलेर कसले सुन्छ ?' उनले भनिन् । उनको पत्र आबुधाबीस्थित नेपाली दूतावासमा पुगेको यूएईका लागि नेपाली राजदूत धनञ्जय झाले जानकारी दिए । - See more at: http://ekantipur.com/np/2070/4/9/full-story/372694.html#sthash.zp6yjKa9.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger