Widgets

Home » » दलितलाई कालोमोसो दलिएकोमा मानवअधिकार आयोगको ध्यानाकर्षण

दलितलाई कालोमोसो दलिएकोमा मानवअधिकार आयोगको ध्यानाकर्षण

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ साउन, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग केन्द्रीय कार्यालयले मोरङको बेलबारीमा गत सोम दलित समुदायमाथि कालोमोसो दलिएको घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ । एक दलित महिलाले आफूमाथि बलात्कारको प्रयास भएको भनी उजुरी दिँदा उनी लगायत अन्य दुई दलित पत्रकार र शिक्षकमाथि अमानवीय व्यवहार भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । र, यो घटनाबारे आयोगको क्षेत्रीय कार्यालय बिराटनगरले घटनाको अनुगमन गरिरहेको आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जनाउनुभएको छ । आयोगले संकलन गरेको जानकारीअनुसार प्रहरीले घटनामा संलग्न भएको अभियोगमा सातजनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दायर गरेको छ । प्राप्त जानकारीअनुसार मुद्दा दायर गरिएकाहरूमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । आयोगले घटनाको निष्पक्ष छानबिन गरी सत्य-तथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ । ‘दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र छानबिनको क्रममा आउनसक्ने कुनै पनि अवाञ्छनीय दबाबमा नपर्न र दोषी उम्कन सक्ने कानुनी छिद्राहरूप्रति पनि सचेत बन्न पनि घटनाको छानबिनमा संलग्न अधिकारीहरूसँग आयोग आग्रह गर्दछ ।’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । साथै घटनालाई थप उत्तेजक बन्न नदिन तथा घटनाका पीडित र साक्षीहरूको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न पनि आयोग सरकारसँग आयोगसँग माग गरेको छ । बेलबारी निवासी एक स्थानीय युवतीले आफूमाथि बलात्कारको प्रयाय गरिएको भन्दै उजुरी दिएपछि एक युवक पक्राऊ परेका थिए । प्रहरीले प्रमाण नभेटिएको बन्दै ती युवकलाई छाडेपछि आरोप लगाउने दलित युवती, स्थानीय दलित समुदायका एक पत्रकार र सोही समुदायका शिक्षकमाथि केही स्थानीय युवाले कालोमोसो दलेका थिए । कालो मोसो दलिनेहरुले गरेको उजुरीका आधारमा प्रहरीले केहीलाई पक्राऊ गरेको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger