Widgets

Home » » चरिमाया तामाङको ‘शक्ति समूह’लाई म्यागासेसे पुरस्कार

चरिमाया तामाङको ‘शक्ति समूह’लाई म्यागासेसे पुरस्कार

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एसियाको नोवेल पुरस्कारका रुपमा ख्याती कमाएको म्यागासेसे पुरस्कार यस बर्ष नेपालको शक्ति समूहले पाएको छ । रोमन म्यागासेसे फाउण्डेसनको मनिलामा बसेको बैठकले नेपालको शक्ति समूहसहित दुई संस्था र तीन ब्यक्तिलाई यस बर्षको पुरस्कार दिने निर्णय गरेको हो ।
Chari Maya with Hilaryशक्ति समूह महिला बेचबिखनबिरुद्ध क्रियाशिल महिलाहरुको समूह हो जसले उनीहरुको पुनस्थापना लगायतका काम गर्दै आएको छ । मुम्बईको कोठीबाट उद्धार गरिएका नेपाली चेलीहरुले स्थापना गरेको यो संस्थामा चरिमाया तामाङ पनि संलग्न छिन जसलाई सन् २०११ मा अमेरिकी बिदेशमन्त्री हिलारी क्लिन्टनले ह्वाइटहाउसमा ‘हिरो अफ द इयर’ अवार्डले सम्मान गरेकी थिइन् ।
सन् १९९६ मा मुम्बई प्रहरीले छापा मारेर उद्दार गरिएका १ सय ४८ जना नेपाली चेलीमध्येका केही अगुवाहरुले सन् २००० मा शक्ति समूह गठन गरेका थिए । त्यसयता शक्ति समूहले बेचिएर उद्धार गरिएका चेलीको पुर्नस्थापना, सीपमूलक तालिम लगायतका कार्यक्रम संचालन गर्दै आएको छ ।
योसँगै अफगानिस्तानकी पहिलो महिला गर्भनर हविवा सरावी, म्यानमारका मानवअधिकारबादी लेवाई सेङ, इन्डोनेसियाको भ्रष्टाचार निवारण आयोग र फिलिपिन्सका चिकित्सक अर्नेष्टो डोमिङगोले पनि यस बर्षको म्यागासेसे पुरस्कार पाएका छन् ।
पुरस्कारको घोषणासँगै शक्ति समूहले खुसी ब्यक्त गर्दै सहयोग गर्ने सवैलाई धन्यवाद दिएको छ । नेपालमा यसअघि महावीर पुन, भारतदत्त कोइराला र महेशचन्द्र रेग्मीले यो पुरस्कार पाइसकेका छन् ।
आगामी अगष्ट ३१ तारिखमा मनिलामा हुने बिशेष कार्यक्रममा शक्ति समूहले पुरस्कारस्वरुप ५० हजार अमेरिकी डलर प्राप्त गर्ने छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger