Widgets

Home » » मात्रिका यादवका छोराछोरी प्रहरी खोरमा पूर्वश्रीमान् एवं एमाओवादी नेतामाथि छुरा प्रहार

मात्रिका यादवका छोराछोरी प्रहरी खोरमा पूर्वश्रीमान् एवं एमाओवादी नेतामाथि छुरा प्रहार

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य दिलिप साहमाथि बुधबार छुरा प्रहार भएको छ । नेकपा (माओवादी)का संयोजक मातृका यादवकी छोरी एवं साहकी पूर्वपत्नी संगीतादेवी यादवको नेतृत्वको समूहले सिरहा कटहरीस्थित आफ्नै घरमा बसिरहेका अवस्थामा साहमाथि छुरा हानेका हुन् । टाउकोमा चोट लागेका साहको स्थानीय नर्सिङ होममा उपचार भइरहेको वाइसीएलका केन्द्रीय सदस्य चन्द्रेश्वर यादवले अनलाइनखबरलाई जानकारी दिनुभयो । मात्रिकाकी छोरी संगीता र छोरा अमर यादवलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरुले प्रयोग गरेको गाडी स्थानीयले तोडफोड गरेका छन् । साहमाथि आक्रमणमा संलग्न केही व्यक्ति फरार रहेको र उनीहरुसँग माउजरसमेत रहेको दाबी एमाओवादी कार्यकर्ताहरुले गरेका छन् । मात्रिकाका ज्वाइँ-छोरी साह र संगीतावीच केही वर्ष पहिले सम्वन्धविच्छेद भएको थियो । तर, अहिले पनि कटहरीको घरको विषयलाई लिएर सिराहा जिल्ला अदालतमा अंश मुद्दा चलिरहेको छ । पहिले एमाओवादी छाडेर ससुरासँगै मात्रिका यादवको पार्टीमा पार्टीमा लागेका ज्वाइँ दिलिप पेरिसडाँडामा प्रचण्डका टीका लगाएर एमाओवादीमा फर्केका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger