भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सिनेमा खेलेपछि त्यसको प्रचारका लागि के के सम्म गर्नु पर्दोरहेछ भन्ने कुरा बल्ल वुझ्दैछन् नेपाली कलाकारहरुले । वुधबार नायक आर्यन सिग्देल र नायिकाद्धय केकी अधिकारी र वेनिशा हमालले नयाँ अनुभुती गरे । चलचित्र ‘महशुश’का तिन कलाकारले गोगंबु बसपार्कमा पुगेर विभिन्न सवारी साधनमा सिनेमाको स्टिकर टाँसेका थिए ।
सवारी साधन चलाउदा अपनाउनु पर्ने सावधानीको बिषयमा लेखिएको स्टिकर टाँस्दै गर्दा कलाकारहरुले नयाँ अनुभुती गरेपनि आम जनतालाई चेतना जगाउन पाउँदा खुशी लागेको बताए । बसपार्कमा निर्माता कल्याण घिमिरे र निर्देशक नबल नेपाल पनि उपस्थित थिए । ‘तिब्र गती जीवनको क्षती’, ‘सवारी साधन विस्तारै हाँकौ’ लेखिएका स्टिकरहरु तिन कलाकारले सवारी साधन भित्र प्रवेश गरेरै टाँसेका थिए ।
नेपाल यातायात मजदुर संघको सहयोगमा आयोजना भएको यो कार्यक्रमले जनतामा सचेतना जगाउन मद्दत पुग्ने विश्वास निर्माणपक्षको छ । गोगबु बसपार्कमा कलाकारहरु पुगेपछि माहोल फिल्ममय भएको थियो । चलचित्र ‘महशुश’ साउन ३२ गतेबाट प्रदर्शनमा आउँदैछ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.