Widgets

Home » » विदेशमा यसरी बन्धक बने आठ नेपाली दुईमहिना ग्रिसमा बन्धक बनाइएका नेपाली घर फर्किए

विदेशमा यसरी बन्धक बने आठ नेपाली दुईमहिना ग्रिसमा बन्धक बनाइएका नेपाली घर फर्किए

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ साउन, काठमाडौं । राम्रो जागिरको लोभमा युरोपेली मुलुक ग्रिस पुगेर अपराधिक समूहबाट बन्धक बनाइएका आठजना नेपाली सकुशल उम्किएर नेपाल आइपुगेका छन् । कुबेतमा कार्यरत नेपालीहरुलाई आपराधिक गिरोहले गि्रसमा राम्रो जागिरको लोभ देखाई ग्रिस र टर्कीको सीमानामा पुर्‍याएका थिए । पीडितले नेपाल प्रहरीलाई दिएको बयानअनुसार आपराधिक गिरोहले १४ सयदेखि १७ सय युरोसम्मको जागिरको लोभ देखाएर लगेको थियो । उनीहरुलाई ग्रिस पुगेर कमाएपछि ३ लाख दिनु भनिएको थियो । तर, सीमा क्षेत्रमा पुर्‍याएपछि सो समूहले उनीहरुलाई बन्धक बनाई घरमा २०/२० लाख रुपैयाँ फिरौती मगाउन लगाएको थियो । पीडितका अनुसार २ जनाले २०/२० लाख फिरौती घरबाट मगाएर दिइसकेका थिए भने केहीले ४/५ लाखदेखि १२ लाखसम्म बुझाएका थिए । महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी शिवकुमार श्रेष्ठका अनुसार २० लाख बुझाएपछि पनि गिरोहले पीडित नेपालीहरुलाई राम्रो जागिरको लोभ देखाई थप साथीहरु मगाउन लगाएको थियो । ग्रिस लैजाने क्रममा भुवन भण्डारीको बाटैमा मृत्युभएको थियो भने ओमानबाट जान नमानेका मोहम्मद सिद्दिकीलाई कुटपिट गरी घाइते बनाएका थिए । भागेर ओमान प्रहरीकहाँ पुगेका सिद्दिकी केही समय पहिले नै नेपाल फर्किसकेको प्रहरीले जनाएको छ । पैसा दिँदा पनि नछाडेपछि नेपालीहरुले अपहरणकारीहरुसँग लडेर भागेको र ग्रिस प्रहरीको सम्पर्कमा पुगेका थिए । ’पैसा बुझाउँदा पनि नछाडेपछि नेपालीहरुको समूहले विद्रोह गरी भागेर गि्रस प्रहरीकोमा पुगेछन्’ डीएसपी श्रेष्ठले पीडितको बयानलाई उद्धृत गर्दै भन्नुभयो । ग्रिस प्रहरीको नियन्त्रणमा रहेका उनीहरुलाई कूटनीतिक तथा प्रहरीको च्यानलबाट नेपाल फर्काइएको हो । उनीहरु निकै विक्षित अवस्थामा थिए । उनीहरु खुलेर कुरा गर्न सक्ने अवस्थामा समेत छैनन् । ‘झण्डै ४ महिना भयो’ घर फर्किएका मध्येका एक कुसाङले अनलाइनखबरसँग भन्नुभयो-’२ महिना त हामीलाई बन्धक बनायो ।’ मंगलबार काठमाडौं आइपुगेका उनीहरुलाई प्रहरीले जिम्मा लिई बुधबार घर पठाएको छ । घर फर्कनेहरुमा दलबहादुर बढाथोकी, तुलबहादुर घर्तिमगर, तिलकबहादुर पुन, चित्रबहादुर पुन, कुसाङ तामाङ, सुरेश तामाङ, चित्रबहादुर पुन, मेखबहादुर छन्तयाल र झपिन्द्र खड्का छन् । प्रहरी स्रोतका अनुसार बन्धक बनाइएकाहरुको घरबाट फिरौती मागेपछि एकले प्रहरीले उजुरी गरेका थिए । त्यसपछि अपराध महाशाखाले छानविन सुरु गरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger