भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण ७ - मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंसीर ४ गते कुनै हालतले संविधानसभाको निर्वाचन हुन नसक्ने बताएका छन् । मिडिया इन्टरनेसनलले आज काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले ठूला तीन दल र बर्तमान सरकारले नै निर्वाचन गराउन नचाहेको आरोप लगाए । उनले संविधान बन्ने सुनिश्चितता नभएसम्म संविधानसभाको निर्वाचनको कुनै औचित्य नभएको भन्दै केही नेता र निर्वाचन आयोगले चुनाव हुन्छ भन्दैमा चुनाव हुन नसक्ने दाबी गरे । 'हामी सार्थक चुनाव र संविधनानसभाको सुनिश्तिचता चाहन्छौं, हामी चुनाव बहिस्कारको पक्षमा छैनौं', यादवले भने । नेतृत्वमा रहेको नेकपा-माअेवादीसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नरहेको प्रष्ट पार्दे उनले बर्तमान अबस्थामा गोलमेच सम्मेलन गरेर पनि निकास निस्कन नसक्ने उल्लेख गरे ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.