Widgets

Home » » युएईमा मालिकलाई बचाउन खोज्ने चार नेपाली अदालतको फन्दामा

युएईमा मालिकलाई बचाउन खोज्ने चार नेपाली अदालतको फन्दामा

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२५ असार, युएई । उदार स्वभाव र परम धर्म सधैँ कहाँ काम लाग्दो रहेछ र ? यी दुवै स्वभाव बोकेका चार नेपाली युवाले युएईमा नपाउनुको दुःख र पीडा भोगेका छन् । कानुनको नजरमा अपराधी र दण्डयोग्य ठहरिएका उनीहरुले भोगेको दुःख र पीडा कम मर्माहत छैन् । आफू कार्यरत कम्पनीको मालिक स्थानीय कानुन उल्लघंन गरेको अभियोगमा जेल परेपछि छुटाउने उद्देश्यले उनीहरुले आफ्नो पासपोर्ट प्रहरीसमक्ष जमानत दिएका थिए । तर, दुर्भाग्य ! उदार भाव प्रदर्शन गर्दा उनीहरु आफैं मुद्दा खेप्न विवश बने, पासपोर्ट दुरुपायोग अभियोगमा । झापाका बेदप्रसाद तिमल्सिना र दीपक आचार्य पासपोर्ट दुरुपयोग अभियोगमा अहिले पनि अदालतमा मुद्दा खेपिरहेका छन भने इलामका माधव दाहाल अलपत्र अवस्थामा छन् । अर्घाखाँची चिरन्जीवी कुँवर भने ठूलै सास्ती बेहोर्दै स्वदेश फर्केका छन् । उनीहरुको सहयोगमा जेलबाट छुटकारा पाएका यूएईको रसअलखेमा राज्यको अल साब्री स्टिल वर्क नामक कम्पनीका साहु फरार भएपछि पासपोर्ट जमानत दिएका यी नेपालीले नपाउनुको दुःख पाएको राजधानी दैनिकमा खबर छ । ‘मालिक जेल परेपछि हामीले निकाल्नका लागि पासपोर्ट जमानतमा राख्न हस्ताक्षर गरिदिएका थियौं तर, जमानत पाएपछि जेलबाट निस्कन सफल मालिक हामीलाई धोका दिएर फरार भएछन्,’ झापाका बेदप्रसादले भने ‘सेवा गर्न खोज्दा धोका भयो ।’ उनीहरु मध्ये अर्घाखाँचीका कुँवर अदालतबाट सफाइ पाएर ६ महिना अघि नेपाल फर्किए भने तीन जना अझै अलपत्र अवस्थामा छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger