Widgets

Home » » ट्विटर ट्रान्सलेसन परीक्षण गर्दै

ट्विटर ट्रान्सलेसन परीक्षण गर्दै

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
ट्विटर ट्रान्सलेसन परीक्षण गर्दै
लण्डन – इजिप्टमा सेनाले बर्खास्त गरेका राष्ट्रपति महोम्मद मोर्सीको ट्विट गैरइजिप्सियनले पनि बुधबार अंग्रेजी भाषामा पढ्न पाए। ट्विटरले एक महिनादेखि परीक्षण गरिरहेको ट्रान्सेलन सेवा अगुवा इजिप्सियनका ट्विटर अकाउन्टलाई दिएपछि यो सम्भव भएको हो। ट्विटरले यतिबेला अरब आन्दोलनका अगुवा वएल गोहिम सहित धेरै फलोअर भएका इजिप्सियनहरुलाई ट्रान्सेलन सुविधा दिएर आफ्नो परीक्षणलाई तीब्रता दिइरहेको छ। 'विश्वका सबै मान्छेहरुलाई एक अर्कासँग जोड्न सजिलो होस भनेर हामी काम गरिरहेका छौं', ट्विटरका प्रवक्ताले भनेका छन्- 'हामी टेक्स ट्विटको अनुवाद परीक्षण गर्दैछौं।' माइक्रोसफ्टको बिङ सर्च इन्जिनसँगको साझेदारीमा ट्विटरले ट्रान्सलेसन परीक्षण गरिरहेको हो। आधिकारिक रुपमा सुरु नभइ सकेको ट्रान्सलेसन टुलले अनुवाद गरेका सामग्री सत्‌प्रतिशत शुद्ध भने छैनन्। अरबिक भाषा अघि ट्विटरले युरोपका इटालियन, फ्रेन्च तथा स्पेनिस भाषामा यसको परीक्षण गरेको थियो। एक महिनाअघि गरिएका ती परीक्षाहरुमा पनि केही गल्ती पाइएको ट्विटरले जनाएको छ। फेसबुकले यसअघि नै बिङसँगको सहकार्यमा ट्रान्सलेसन सुविधा दिँदै आएको छ भने सर्च इन्जिन गुगलले पनि गुगल ट्रान्सलेसन सेवा चलाइरहेको छ। ट्विटरको यो सेवाले पत्रकारहरुको स्रोत अझ विस्तार हुने अनुमान गरिएको छ। 'यसले ब्लगर तथा स्वतन्त्र व्यक्तिहरुको आवाजलाई बिस्तार गर्ने ठूलो मौका दिनेछ', रोयटर्स इन्स्टिच्युट फर द स्टडी अफ जर्नलिज्मका पत्रकार फेड्रिको जुरेनी भन्छन्। समाचार स्रोत तथा ब्रेकिङका लागि ट्विटरको लोकप्रियताले परम्परागत माध्यमहरुलाई आछुआछु पार्दै लगेको अवस्थामा ट्रान्सलेसन सेवाले त्यसको क्षेत्र अझ फराकिलो पार्ने विश्वास लिइएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger