भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बारा - बाराको सिमरामा रहेको जगदम्बा स्टीलका कारखानाका सिओ रोसित उनितथान तथा जिएम कमजीत वर्मालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। सरकारी कागजपत्र कीर्ते तथा ठगी गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक वासुदेव खतिवडाले बीरगंज भन्सार कार्यालयबाट चोरीको गाडी सकारी त्यसको कागजपत्रहरु कीर्ते गरी अर्कै गाडीको नाउँमा नक्कली कागज पत्र बनाएको र सो गाडी प्रमोद साहलाई बेचेर ठगी गरेको आरोपमा सिओ र जीएमलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको हो।
बीरगंज भन्सारबाट महिन्द्रा कम्पनीको २००५ मोडलको गाडी २०६८ पुस ७ गते जगदम्बा स्टील प्रालि बाराले सकारेको थियो।
जगदम्बाका सीओ रोसितले २००५ मोडेलको स्कारपीओ गाडीको बीरगंज भन्सार कार्यालयको पत्र २०६८ / ०६९ को चं.नं. ५२९ मा केरमेट गरी महिन्द्राको २००५ मोडेलको गाडीलाईकिर्ते कागजपत्रको आधारमा २०१० मोडल बनाई यातायात कार्यालय बीरगंजबाट कागजात बनाएको अनुसन्धानबाट खुलेको छ।
जगदम्बा स्टील प्रालिका सिओ रोसित उनितथान तथा जीएम कमजीत वर्माले भारतको सिलीगुडी राज्यबाट चोरी भई नेपाल आएको गाडीको इन्जिन लगायतका सामानहरु फेरेकोसमेत प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण्ँ सिंहको नेतृत्वमा गएको टोलीले उनीहरुलाई गोपाल कम्प्लेक्स भवनको निजी अर्पाटमेन्टबाट पक्राउ गरेको हो।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.