भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काभ्रे, असार २५ - बिना जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री बिद्याधर मल्लिकले मंगलवार जिल्ला स्वास्थ्य कार्यालयको अनुगमन सहित निरीक्षण गरेका छन । आकस्मिक रुपमा मन्त्री कार्यालय भित्र प्रवेश गरी सोधिखोजी गर्दा कर्मचारीहरु आश्चर्यचकित बनेका थिए । मन्त्री मल्लिकले प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलको समेत अनुगमन गरेका गरे । अनुगमनमा आएका मन्त्री मल्लिकलाई जिल्ला स्वास्थ्य प्रमुख डा. अर्जुन प्रसाद सापकोटाले कार्यालयले संचालन गरेका स्वास्थ्य सेवाका बारेमा जानकारी गराएका थिए । निरीक्षणकै क्रममा मन्त्रीले स्वास्थ्य सेवा सरल र सहज रुपमा जनस्तरसम्म प्रवाह गर्न कर्मचारीलाई निर्देशन समेत दिए । 'सरल र सहज रुपमा जनस्तरसम्म स्वास्थ्य सेवा बिस्तार गर्नुहोस', मन्त्री मल्लिकले भने 'सरकारका तर्फबाट उपलव्ध गराइने औषधी तथा खोप सेवाको सचेतता पूर्वक व्यवस्थापन गराउनुहोस् ।' स्वास्थ्य कार्यालयको लागि औषधीको भण्डारण व्यवस्थापन व्यवस्थित गर्न र प्रस्तावित स्टोर भवनको जग्गा प्राप्त गरी भवन निर्माण प्रक्रिया अगाडी वढाउन आवश्यक पहल गर्न बचन समेत उनले दिएका थिए । मन्त्रीसँगै स्वास्थ्य सेवा विभागको महानिर्देशक मिङ्गमार ग्याल्जेन शेर्पा समेत सहभागी थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.