भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड नायिका जीया खानले आत्महत्या गरेपछि यसले चर्चासँगै विभिन्न प्रश्न पनि उठाएको छ । आखिर २५ बर्षको उमेरमै आत्महत्या गर्नुपर्ने कारण के थियो त जीयालाई, यस्तै प्रश्न सिर्जना भएका छन् ।
यस बिषयमा प्रहरीले पनि अनुसन्धान तिब्र पारिरहेको छ । प्रहरीले गरेको सोधपुछका आधारमा जीयाका प्रेमी सुरज पंचोलीले विभिन्न खालको बयान दिएका छन् । सुरजले जीयालाई विभिन्न समयमा पिटेको स्विकार गरेका छन् । गोवामा ८ महिना अघि सँगै पुग्दा जीयालाई सुरजले पिटेका थिए । प्रेमीको हातबाट पिटाइ खाएपछि जीयाले आफ्नो हातको नशा समेत काटेकी थिइन् । सुरजको यो बयानसँगै प्रहरीले उनलाई धारा ४९८ लगाएको छ । जसमा पति या कुनै आफन्तले पिटेको खण्डमा कानुन बमोजिम कारबाही हुने उल्लेख गरिएको छ ।
खबर यो पनि छ कि जीयाले एक अस्पतालमा आफ्नो अप्रेशन पनि गराएकी थिइन् । जुहुको एक अस्पतालमा जीयाले गर्भपतन गराएको बताइएको छ । जीयालाई डाक्टरले प्रेग्नेन्सी पिल्सको सहायताले गर्भपतन नगराई अप्रेशन गरेका थिए । प्रहरीले उक्त अप्रेशनमा सहभागी सबैलाई नोटिस पठाएको छ ।
आत्महत्या गर्नु अघि जियाले ६ पाना लामो सुसाइड नोट पनि लेखेकी थिइन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.