Widgets

Home » » १५ वर्षअघि नेपाल बैंकबाट कर्जा दुरुपयोग गर्ने पक्राउ

१५ वर्षअघि नेपाल बैंकबाट कर्जा दुरुपयोग गर्ने पक्राउ

Written By sangalo on Thursday, June 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३० जेठ, काठमाडौं । नेपाल बैंकबाट १५ वर्षअघि कर्जा लिई चुक्ता नगरेको अभियोगमा अदालतबाट दोषी ठहर भएकी विश्वपि्रया मल्ललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको शंखमूलमा डेरा गरी बस्ने धादिङ्ग नलाङ्ग गाविस ३ की ४१ वषर्ीय मल्ललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरेको हो ।
mallaविशेष अदालतले २०६२ कात्तिकमा उनलाई एक करोड पाँच लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । नेपाल बैंक लिमिटेडबाट कमसल धितो राखी कर्जा लिएर चुक्ता नगरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।
२०५५ सालदेखि २०५८ सम्म मल्लले २ करोड १० लाख रुपैयाँको हाइपोथिकेसन कर्जा लिएर दुरुपयोग गरेकी थिइन । पीजी स्टोर र सानिमा फर्निचर कम्पनीको नाममा उक्त कर्जा प्रवाह भएको थियो । कम्पनीका अर्का सञ्चालक गहेन्द्र मल्ललाई प्रहरीले ३ वर्षअघि पक्राउ गरेको थियो ।
उनीहरुले कर्जा लिने प्रयोजनको लागि नभएको स्टक देखाएका थिए भने कम मूल्यको कमसल जग्गा धितो राखी अधिक मूल्यांकन गराएका थिए । बैंकका प्रबन्धकको मिलेमतोमा ठगी भएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger