Widgets

Home » » मन्दिर प्रवेश गर्न खोज्दा दलितका ६० घर भत्काइए

मन्दिर प्रवेश गर्न खोज्दा दलितका ६० घर भत्काइए

Written By sangalo on Saturday, June 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ जेठ, रौतहट । मन्दिर प्रवेशमा रोक लगाएको विरुद्धमा दर्ता गरिएको मुद्दा दर्ता फिर्ता दिन नमानेपछि रौतहटमा दलित परिवारमाथि कुटपिट हुनुका साथै ६० घरधुरीमा तोडफोड भएको छ । दलित बस्तीमा गैरदलित समुदायले शुक्रबार राति गरेको सामूहिक आक्रमणमा दुई दर्जनको संख्यामा दलित समुदायका सदस्य घाइते भएका छन् । रौतहट जिल्लाको पिपरिया दोस्तिया गाविसको भिण्डावर टोलमा रहेको दलित बस्तीमा गैरदलितले आक्रमण गरेपछि सो बस्तीमा रुवाबासी चलेको छ । गाउँको मध्यभागमा रहेका चमार समुदायलाई एक महिनाअघि स्थानीय क्षेत्रमा रहेका मन्दिर प्रवेशमा गैरदलितले रोक लगाएपछि दलित समुदायले गैरदलितविरुद्ध मुद्दा दर्ता गराएका थिए । स्थानीय रामचन्द्र राय, विजय साह, सिकिन्द्र पण्डित, पसिन्द्र यादव, रामेश्वर यादव र हृदयनारायण यादवसहितको समूहले दलित बस्तीमा आक्रमण गरेको थियो । गैरदलित समुदायको आक्रमणबाट स्थानीय गुरुदयाल राम, महावीर राम, पार्वतीदेवी राम, सुनितादेवी राम, जितनीदेवी रामलगायतका १८ जना घाइते भएका छन् । घाइतेहरूको गरुडास्थित अनामिका अस्पताल र जिल्ला अस्पताल गौरमा उपचार भइरहेको रौतहटका प्रहरी उपरीक्षक गोविन्द परियारले जानकारी दिए । अधिकांश घाइतेहरूलाई लाठी र इँटाले प्रहार गरिएको प्रहरीले जनाएको छ । दलित बस्तीका महिला र केटाकेटीलाई अरूको शौचालय जानसमेत नदिएर दलित बस्ती नै घेरा हालेर कुटपिट गर्नुका साथै घर तोडफोड गरेको घाइते गुरुदयाल रामले जानकारी दिए । गैरदलितले दलितका घरमा रहेको भाँडाकुँडा, टिभी, दराज, घरको भित्ता र छानासमेत तोडफोड गरेका छन् । दलित बस्तीमा रहेका खानेपानीका ट्युबवेलको ह्यान्डिलसमेत भाँचिदिएका कारण आफूहरूलाई पानी खानसमेत समस्या रहेको पीडितहरूले गुनासो गरेको नयाँ पत्रिका तथा राजधानी दैनिकमा खबर छ । स्थानीय बासिन्दाले घटना भएको चार घन्टापछि प्रहरी आएको भन्दै आक्रोश व्यक्त गरेका थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक भेषराज रिजालले घटनाको भएको थाहा पाउनासाथ आफूहरू घटनास्थल पुगेको दाबी गरे । योजना नै बनाएर कुटपिट तथा तोडफोड भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज रौहतटका अध्यक्ष नाथुराम परियारले बताए । घटनापछि राति नै चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक नन्दलाल साह र इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रिजालको नेतृत्वमा गएको प्रहरी टोलीलाई स्थानीय बासिन्दाले एकले अर्कोको पक्षधर भन्दै पानीसमेत खान दिएका थिएनन् । शनिबार बिहान रौतहटका प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरे, प्रहरी उपरीक्षक गोविन्दराम परियार, सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोख्रेल र अधिकारकर्मीहरूको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो । घटनास्थलमै पत्रकारहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले घटनामा संलग्न हुनेलाई कुनै पनि हालतमा नछोडिने बताए । पीडित परिवारलाई तत्काल रेडक्रसको सहयोगमा त्रिपाल र अन्य आवश्यक वस्तुको प्रबन्ध मिलाउने उनले जनाए । दलित परिवार घरमा बस्न नसकेको अवस्थामा स्थानीय प्रहरी प्रशासनले सुरक्षा दिएर भए पनि उनीहरूलाई घरमै बस्न सक्ने वातावरण बनाइने प्रहरी उपरीक्षक परियारले दाबी गरे । घटनालगत्तै प्रहरीले वडा नम्बर–८ का रामदेवराय यादव र छोटेलाल यादवलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक परियारले जानकारी दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger