Widgets

Home » » अबैध ठहरिएका ३० हजार नेपाली साउदीबाट फर्कदै

अबैध ठहरिएका ३० हजार नेपाली साउदीबाट फर्कदै

Written By sangalo on Saturday, June 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ३० हजार नेपाली एक महिनाभित्र स्वदेश फर्कदैछन् । अवैध रुपमा बसिरहेकालाई फर्काउने साउदी सरकारको नीतिअनुसार उनीहरु फर्कन लागेका हुन् । यसरी फर्किएकाहरु आगामी १० वर्षसम्म कामका लागि सउादी जान पाउँदैनन् । अवैध रुपमा काम गर्नेहरुलाई वैध बनाउने र वैध हुन नसक्नेलाई सम्बन्धित मुलुकको दूतावासको सिफारिसमा स्वदेश फर्काउने नीति साउदी सरकराले अघि सारेको छ । ‘अबैध’ नेपाली कामदारको फर्कने मितिको अन्तिम टुंगो भने अझै लागि नसकेको ‘आउट पास’ लिएका एक नेपालीले टेलिफोनमा जानकारी दिएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । नाम बताउँदा समस्या पर्ने भन्दै उनले भने, ‘हामी साउदीबाट अर्को सातामात्र नेपाल र्फकन्छौ होला । कहिले फर्कने भन्ने निश्चित भएको छैन् ।’ जेद्दाको एक कम्पनीमा काम गदै आएका उनले शुक्रबार जेद्दा पुगेका नेपाली दूतावासको टोलीसँग ‘आउट पास’ (नेपाली दूतावासले नेपाली हो भनेर दिने ट्राभल डकुमेन्ट) लिएका हुन् । उनीहरुले अन्तिम ‘क्लियरेन्स’ लिन आवश्यक छ । तर पाइनसकेको अवस्था छ । साउदी सरकारले मुलुकभर २० स्थानमा केन्द्र खोलेर अवैध रुपमा बसेका विदेशीलाई साउदी छोड्न पाउने पत्र थमाउने प्रक्रिया अघि बढाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger