भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
प्रहरीले दुई लागूऔषध कारोबारीबाट नक्कली चिनियाँ नोट बरामद गरेको हो । यसले चिनियाँ मुद्राको समेत नक्कली कारोबार भइरहेको संकले गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाण्डौं टोलीले बिहीबार ठमेल नरसिंहचोकबाट पक्राउ गरिएका नुवाकोटका राजेन्द्र रुम्बा र सुनिल लामाबाट बरामद युआन नक्कली रहेको परीक्षणपछि पुष्टि भएको छ ।
परिसरका प्रवक्ता चक्रबहादुर सिंहका अनुसार उनीहरुबाट चरेससँगै ५० दरका नोट बरामद गरिएको थियो । ‘हेर्दा नै अत्यन्त न्यून गुणस्तरको कागज थियो,’ सिंहले भने, ‘पछि बुझ्दा नक्कली देखियो ।’
प्रहरीले दुबैलाई लागूऔषध कारोबारमा संलग्न अभियोगमा हिरासतमा लिएर अनुसन्धान गरिरहेकेामा नक्कली युआनबारे समेत अनुसन्धान थालेको सिंहले जानकारी दिएको नागरिक दैनिकमा खबर छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.