Widgets

Home » » सिरियाली युद्धमा मानव ढाल बनेका बालबालिका

सिरियाली युद्धमा मानव ढाल बनेका बालबालिका

Written By sangalo on Friday, June 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Syrian Children

न्युयोर्क (एएफपी), जेष्ठ ३१ - राष्ट्रसंघले सिरियामा करिब २६ महिनादेखि जारी द्वन्द्वमा बालबालिकालाई ढालका रूपमा प्रयोग गरेको पाइएको बताएको छ । संघले युद्धमा सरकारी र विद्रोहीहरूले समेत मानव ढालका रूपमा बालबालिकालाई प्रयोग गरेको बताएको हो । बुधबार सार्वजनिक गरिएको बालबालिकाको अवस्था सम्बन्धी प्रतिवेदनमा हजारौं बालबालिका मारिएका पनि देखाइएको छ । प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रसंघका महासचिव बान कि-मूनले यो युद्ध आधुनिक संसारकै एक अत्यन्तै अस्वाभाविक र अस्वीकार्य दुःख भएको टिप्पणी गरेका छन् । हताहत बालबालिकाको संख्या सरकार वा त्यहाँ कार्यरत कसैसँग पनि नरहेको भन्दै युद्ध सुरु भएदेखि बालबालिकाले निकै ठूलो दुःख पाइरहेका उनले बताए । प्रतिवेदनका अनुसार सिरियामा बम विस्फोटका साथै अन्य आतंककारी कामका लागि बालबालिकालाई प्रयोग गर्ने गरेको पाइएको छ । त्यहाँ अहिले पनि सयौं बालबालिका घाइते तथा अपांग रहेकाले पनि यो प्रमाणित हुने प्रतिवेदनमा पाइएको छ । विद्रोही समूहले १५ देखि १७ वर्षसम्मका बालबालिकालाई सेनामा भर्ती गरिरहेेका समाचारहरू आइरहेका पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै, सरकारी सेनाले पनि बालबालिकालाई यौन दुव्र्यवहार गर्ने गरेका तथा उनीहरूले विद्रोहीका सूचना लिने काममा समेत यस्ता बालबालिका प्रयोग गर्ने गरेको पाइएको छ । त्यहाँ हाल पनि द्वन्द्व जारी छ । हजारौं बालबालिका विस्थापित छन् । करिब तीन हप्ता मात्रअघि अमेरिका र रुसले सिरियासँग शान्ति वार्ताको प्रस्ताव राखेपछि आगामी केही दिनमै जेनेभामा वार्ताका लागि यी दुई देशले अभ्यास गरिरहेका बताइएको छ । वार्ताको प्रस्तावमा राष्ट्रपति बसार अल असादले सहमति जनाइसकेका छन् । जारी हिंसाको अन्त्यका लागि भन्दै आगामी केही दिनमा जेनेभामा वार्ताको तय भएको छ । त्यसका लागि युरोपेली संघ, राष्ट्रसंघ लगायतले सहयोग गर्ने बताएका छन् । सिरियामा सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको राजीनामा माग गरी आन्दोलन सुरु भएको हो । आन्दोलनका क्रममा अहिलेसम्ममा कम्तीमा पनि ९४ हजार नागरिकको ज्यान गइसकेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger