भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एक लिटर तेलबाट कति किलोमिटर गाडी गुड्ला ? जर्मन कम्पनी भक्सवागनले हालै निर्माण गरेको एक्स एल १ गाडी एक लिटर डिजेलबाट १ सय ११ किलोमिटर गुड्छ। यो कारमा दुई जना बस्न सकिन्छ। यो हाइबि्रड कारमा २७ हर्सपावर इन्जिनका साथमा दुई सिलिन्डरको डिजेल इन्जिन पनि छ। यसको क्षमता ४७ बीएचपी छ। यो गाडीमा सात गियरको ड्युअल क्लज गियर बक्स छ। धेरैभन्दा धेरै माइलेज लिन यो कारलाई एरोडानामिक डिजाइन गरिएको छ। बीबीसीका अनुसार यो विश्वको सबैभन्दा एरोडानामिक कार पनि हो, यसलाई कार्बन फाइबरबाट बनाइएको छ, जसका कारण कारको तौल ८ सय किलो मात्र छ। भक्सवागनले यस्ता २ सय ५० थान कार आफ्ना जर्मन उपभोक्तालाई दिने योजना बनाएको छ। यो कार बिक्री गर्नुको सट्टा उपभोक्तालाई प्रयोग गर्न मात्र दिइनेछ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.