भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यो धेरैजसो देखिने समस्या हो। यसका लागि सबैभन्दा पहिले ल्यापटपबाट पावर कर्ड हटाउनुस् वा डिस्कनेक्ट गर्नुहोस्। त्यसपछि ल्यापटपबाट त्यसको ब्याट्री झिक्नुहोस्। एक मिनेटपछि पुनः त्यही ब्याट्रीलाई ल्यापटपमा जडान गर्नुहोस्। अब ल्यापटपको पावर कर्डलाई पुनः जोड्नुस् र ल्यापटप स्विच अन गर्नुहोस्। त्यसपछि ल्यापटपले पहिलेजस्तै पूर्ण रूपमा काम गर्न थाल्नेछ। यसबाहेक कहिलेकाहीँ ल्यापटपको पावर म्यानेजमेन्टका समस्याहरूले पनि ल्यापटप सट-डाउन हुनमा बाधा पुर्याएको हुन सक्छ। जस्तो हाडबर्नेट, स्ट्यान्डवार्ड भनेका ल्यापटपले खपत गर्ने पावरलाई घटाउन प्रयोग हुने मोडहरू हुन्। यस्ता मोडहरूले मेमोरीमा लेखिएको कुरालाई सुरक्षित गर्छन्, तर कहिलेकाहीँ अत्यधिक मेमोरी एक्सेस तथा धेरै कम परफरमेन्समा ल्यापटपले त्यस्ता मोडहरूमा काम गर्न सक्दैन र पूरा सिस्टम नै ह्याङ गरिदिन्छ। यसले गर्दा किबोर्ड र माउस नचल्ने मात्र नभै सट-डाउन पनि गर्न दिँदैन।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.