Widgets

Home » » पुरानो टेलिभिजनको स्क्रिन प्रयोग

पुरानो टेलिभिजनको स्क्रिन प्रयोग

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


कसले भन्छ- पुरानो टेलिभिजन काम लाग्दैन ? कामै नलाग्ने पुरानो टेलिभिजनको स्क्रिन प्रयोग गरी हालै एक खोजकर्ताले एउटा अद्भुत सम्भावना पहिल्याएका छन्। बेलायत निवासी ग्रान्ट थम्पसनले पुरानो टेलिभिजन स्क्रिन प्रयोग गर्दै सूर्यको प्रकाश एकिकृत गरी क्षणभरमै सिक्का पगालेर तथा बोतलभित्रको पानी उमालेर देखाएका छन्। उनी एउटा टेलिभिजनको स्क्रिन प्रयोग गरी दुई हजार फारेनहाइट तापक्रम उत्पादन गर्न सक्छन्। उनको यो खोजले भविष्यमा घाम लाग्ने जुनसुकै ठाउँमा पानी उमाल्ने, तताउने वा घामलाई दाउराका रूपमा प्रयोग गर्ने प्रविधि तयार हुनेछ। उनले यो प्रविधिलाई सोलर पावर्ड डेथ रे को नाम दिएका छन्। थम्पसनले आफ्नो उपनाम किंग अफ रेन्डम राखेका छन्। उनले उक्त प्रयोगको दुईवटा भिडियो युट्युबमा राखेका छन्, जसमा सूर्यको प्रकाश अति प्रज्वलनशील आगोमा परिवर्तन भएको र क्षणभरमै पानी उम्लिएको, सिक्का पग्लिएको तथा रोटीमा आगो लागेको देख्न सकिन्छ। थम्पसन सूर्यको प्रकाशबाट जिंकसम्म पग्लान सक्ने पर्याप्त ताप निकाल्न सकिने बताउँछन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger