Widgets

Home » » गुगल रिडर बन्द हुने

गुगल रिडर बन्द हुने

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

आगामी जुलाई १ देखि गुगल रिडर बन्द हुने भएको छ। यद्यपि यो घोषणा गुगलले केही समयअघि नै गरेको थियो। सन् २००५ देखि सञ्चालनमा रहेको गुगल रिडरको प्रयोग पछिल्लो समयमा घट्दै गएकाले यसलाई बन्द गर्ने घोषणा गरिएको बताइन्छ। गुगल रिडरमा आफूलाई मन पर्ने साइटहरू क्रमबद्ध रूपमा राखेर पढ्न सकिन्छ। यसका लागि ती साइटलाई खोलिरहनुपर्ने आवश्यकता पर्दैन। गुगल रिडरमार्फत सबै साइट खुल्दै जान्छन्। गुगल रिडर बन्द हुने घोषणासँगै केही नयाँ रिडर साइटहरू भने हौसिएका छन्। सबैभन्दा आक्रामक रूपमा फिड्ली डट कम आएको छ। गुगल रिडर बन्द हुने घोषणासँगै आफ्ना प्रयोगकर्ताको संख्या ४० लाखबाट ७० लाख पुगेको फिड्ली डट कमले दाबी गरेको छ। यसको अर्थ पहिलेको गुगल रिडरका प्रयोगकर्ता अब यो साइटको शरणमा पुगेका छन्। यद्यपि 'द ओल्ड रिडर', 'फिड रिडर' आदि साइट पनि यही प्रयोजनका लागि प्रचलित छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger