Widgets

Home » » बलात्कार आरोपमा भारतीय पक्राउ

बलात्कार आरोपमा भारतीय पक्राउ

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कञ्चनपुर, असार १६ - महाकाली पारि दोधारा ९ की १९ वर्षीयालाई बलात्कार गरेको आरोपमा एक भारतीयलाई नियन्त्रणमा लिई स्थानीय बासिन्दाले आज इलाका प्रहरी कार्यालय दोधारा बाबाथानमा बुझाएका छन् । शनिबार साँझ करिब ६ बजे भारत–नेपाल सीमा नजिक रहेको नेपाली भूमिमा साथीसँग घरबाट घाँस काट्न गएकी किशोरीलाई भारत वोदिपुर, पिलीभित उत्तरप्रदेशका ३५ वर्षीय नमरु गोलदारले बलात्कार प्रयास गरेका थिए । किशोरीलाई घाँस काटिरहेका बेला गोलदारले लछारपछार गरी १०० मिटर टाढाको उखु खेतमा लगेर बलात्कारको प्रयास गरेको र पीडित किशोरीको शरीरभरि दाँतले टोकेका निलडामसमेत रहेको स्थानीय बासिन्दाले बताएका छन् । किशोरीमाथि बालात्कार भए नभएकोबारे अनुसन्धान भइरहेको जानकारी दिँदै इप्रका दोधारा बाबाथानका प्रहरी निरीक्षक कवीन्द्र बोहराले प्रारम्भिक अनुसन्धानमा किशोरीलाई लछारपछार गरेको बुझिए पनि सोधपुछ अगाडि बढाइएको बताए । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger