भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, असार १६ - अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सम्पन्न गर्नका लागि सरकारको भूमिका सहजकर्ताको मात्रै भएकाले निर्वाचन सफल पार्न दल र जनतालेनै मुख्य भूमिका खेल्नुपर्ने बताएका छन् । पूर्व सांसद क्लवको तेस्रो राष्ट्रिय सम्मेलन तथा ५५औं सांसद दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले निर्वाचनमा सफलता हासिल भए त्यो दलहरुकै सफलता हुने बताए । उनले भने,“ लोकतन्त्रको मुख्य कडी र आधार स्तम्भ भनेकै निर्वाचन हो, संसारमा जस्तोसुकै शासन व्यवस्था भए पनि संसद अनिवार्य हुने गरेको छ । ” अध्यक्ष रेग्मीले स्वतन्त्र, निश्पक्ष र धाँधलिरहित निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको दोहराउँदै निर्वाचन गर्ने एकमात्रै लक्ष्यसहित वर्तमान सरकार गठन भएको स्मरण गराए । आगामी निर्वाचनका लागि पूर्व सांसदहरुको अनुभव र ज्ञानको ठुलो भूमिका हुने टिप्पणी गर्दै उहाँले निर्वाचन सफल पार्ने दिशामा सक्दो सहयोग गर्न पूर्व सांसदहरुलाई आग्रह गरे । मञ्चका अध्यक्ष पूर्व सभामुख तारानाथ रानाभाटले विगतमा कृत्रिम ढङ्गले संविधानसभाको विघटन गरिएकाले विघटनको कारण र यथार्थ दलहरुले जनता समक्ष स्पष्ट पार्नुपर्ने बताए । उनले उक्त सम्मेलन दुई दिनसम्म चल्ने र राष्ट्रिय राजनीतिका बारेमा बिचारबिमर्स कायम गरी एउटा साझा अवधारणा तयार पारिने जानकारी पनि दिए । कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हरिकुमार न्यौपाने, सरकारका मुख्य सचिव लिलामणि पौडेल, नेपालका लागि चिनिया राजदूत याङ हौलाङ, रसियाका राजदूत डा.सेरगी भि भेलिकिनलगायतको उपस्थिति रहेको थियो । समारोहमा जेष्ठ सांसदहरुलाई सम्मान पनि गरिएको थियो । रासस
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.