Widgets

Home » » विवाद नमिलाई एमाओवादी केन्द्रीय वैठक सकियो भट्टराईले 'पद फिर्ता' लिएनन् बिस्तारीत बैठक ठाकियो

विवाद नमिलाई एमाओवादी केन्द्रीय वैठक सकियो भट्टराईले 'पद फिर्ता' लिएनन् बिस्तारीत बैठक ठाकियो

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Maoist Office

काठमाडौ, असार १६ - पद बाँडफाँडमा देखिएको विवाद नमिलाई एमाओवादीको जारी केन्द्रीय वैठक सकिएको छ । शिर्ष नेतृत्वले गरेको पद बिभाजन प्रस्तावमा विवाद देखिएपछि साउन ४ गतेदेखि विस्तारीत वैठक बस्ने गरी आज केन्द्रीय समितिको बैठक टुंग्याइएको हो । पद बाँडफाँडमा विवाद देखिएपछि शनिबार एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले पदत्यागको घोषणा गरेका थिए । उनले नयाँ पुस्तालाई ठाउँ दिनुपर्ने भन्दै पदत्याग घोषणा गरेको बताएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बिहान बसेको केन्द्रीय पदाधिकारीको बैठकले भट्टराईलाई पदत्याग घोषणाको निर्णय फिर्ता लिन आग्रह गरेको थियो । आफ्नो अन्तिम निर्णय भन्दै आएका भट्टराईले आजको बैठकमा निर्णय फिर्ता लिन मानेनन् । पद बाँडफाँडमा देखिएको विवाद सुल्झाउन केन्द्रीय समितिको बिस्तारीत बैठक ठाकिएको एमाओवादी नेता देवेन्द्र पौडेलले बताए । विस्तारीत बैठकले संगठन चलाउाने कार्यदिशा बनाउाने पौडेलले जानकारी दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger