Widgets

Home » » आन्दोलनमा बजाउँदा भाँडाकुँडी फुटे, अनशन सुरु

आन्दोलनमा बजाउँदा भाँडाकुँडी फुटे, अनशन सुरु

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
असार १६ - जिल्ला कारागार ब्यवस्थापन विरुद्ध थाल र भाँडाकुँडा बजाएर आन्दोलन गर्दै आएका कारागारका बन्दीहरु आमरण अनसनमा बसेका छन् । बजाउँदा बजाउँदै थाली र भाँडाकुँडा फुटेकेा तर कारागार प्रशासनले आफ्ना मागप्रति वेवास्ता गर्दै आएको जनाउँदै बन्दीहरुले सोही भाँडाकुँडा अगाडी राखेर कारगारभित्र आईतवारदेखी आमरण अनसन थालेका हुन् । बन्दीहरुको सुविधा कटौती गरिएको विरोधमा कारागार भित्रै केही दिनदेखी उनीहरु आन्दोलित बनेका थिए । किनमेलका लागि सुरक्षाकर्मीसागै बजार जान पाउनुपर्ने, भौतिक निर्माणमा बन्दीले लगाएको रकम फिर्ता पाउनुपर्ने, सहमति कार्यान्वयन गर्नु पर्ने, ५० प्रतिशत कैद भुक्तान भएका कैदीले छुट पाउनुपर्ने, बन्दी सुत्केरीलाई थप सुविधा दिनुपर्ने, बन्दीको रकम कारागारका कर्मचारीले खाएको रसो रकम फिर्ता पाउनुपर्ने लगायतका माग राख्दै उनीहरुले कारागार भित्रै थाल र भाँडा बजाएर आन्दोलन गरेका थिए । माग पूरा नभएसम्म आन्दोलन निरन्तर गरिरहने उनीहरुले बताउ । बजाउादा बजाउादै भाँडा फुटेपछि पकाएर खान भाँडासमेत नभएको उनीहरुको भनाई छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger