Widgets

Home » » अनलाइनमै खाना र खाजा

अनलाइनमै खाना र खाजा

Written By sangalo on Sunday, May 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


केही समयअघि खाना पारखीहरूलाई मध्यनजर राख्दै सिंहा ग्रुपले इजी खाना डटकम नामको अनलाइन सेवा प्रारम्भ गर्यो। यो सेवामार्फत परिकारका पारखीहरूले रेस्टुराँका बारेमा पूर्ण जानकारी लिन सक्छन्। सिंहा ग्रुपका कार्यकारी अधिकृत अरनिको सिंहका अनुसार खाना संस्कृतिमा परिवर्तन आएकाले यो वेबसाइट सहयोगी हुनेछ। ग्राहकले इजी खानामार्फत एउटा पि्रभिलेज कार्ड खरिद गर्नुपर्नेछ। कार्डमार्फत दरबारमार्ग, ठमेल, लाजिम्पाट, बबरमहल, पाटन, झम्सिखेल आदि स्थानमा रहेका ५० भन्दा बढी रेस्टुराँमा १० देखि १५ प्रतिशत छुट पाइन्छ। कम्पनीले प्रतिमहिना कम्तीमा पनि ५ हजार पि्रभिलेज कार्ड वितरण गर्ने जानकारी दिएको छ। यसमा मोबाइल फोनमार्फत म्यासेज गरेर पनि खाना वा खाजा अर्डर गर्न सकिन्छ। इजी खानाका लागि छोटकरी नाम इके लेखेर स्पेस पछि पाटन, ठमेल आदि रेस्टुराँ भएको स्थानको नाम लेखी ४३४३ मा म्यासेज पठाएर विभिन्न स्थानका रेस्टुराँका बारेमा जानकारी लिन सकिन्छ। यस्ता अन्य विभिन्न जानकारी लिन पनि म्यासेजको सहयोग लिन सकिन्छ। नेपालीहरूमा पनि खाना खाने संस्कृतिमा परिवर्तन आएको छ। विशेष गरी दिउँसोको खाजा खाने फुर्सदसमेत नहुने अवस्था छ। यो अवस्थामा भनेकै समयमा कार्यालयको कार्यकक्षमै खाजा पुर्‍याइदिने व्यवस्था हुनुसमेत आवश्यक भैसकेको छ। यही कुरालाई दृष्टिगत गरी निर्माण गरिएको अर्को साइट फुडमान्डु डटकम भने पहिलेदेखि नै प्रचलित छ। उपयुक्त समयमा सेवा उपलब्ध गराउने प्रयोजनका लागि फोन गरेर वा यो साइटमा लग इन गरेर फारम भरेपछि आफ्नो रुचिअनुरूपको परिकार उपलब्ध गराउने काम फुडमान्डु डटकमले गर्छ। फुडमान्डुले बिहान ११ बजेदेखि साँझ साढे ८ बजेसम्म सेवा प्रदान गर्छ। फुडमान्डुको वेबसाइटमा काठमाडौंको रिङ रोडभित्रका ८० भन्दा धेरै रेस्टुराँका मेनु हेर्न सकिन्छ। ग्राहकले आफूलाई पायक पर्ने अथवा आफुले रोजेको रेस्टुराँको परिकार अनलाइन रूपमै अर्डर गर्न सक्छन्। फुडमान्डुमार्फत आफ्नो बजेटअनुसारको खाना अर्डर गर्न सकिन्छ। रिङ रोडभित्र दुई किलोमिटरको दूरीमा रहेको स्थानमा लगभग ४५ मिनेटमा खाना पुर्‍याउने व्यवस्था छ। रिङरोड बाहिर समेत आवश्यक परे खाना उपलब्ध गराउने तथा त्यसका लागि सहरका विभिन्न स्थानमा सवारी साधनसहित डेलिभरी पर्सनको व्यवस्था गरिएको छ। यो व्यवसाय प्रारम्भ गर्दा कर्पोरेट हाउसहरूलाई लक्षित गरिए पनि पछिल्लो समयमा घरेलु तथा विदेशी ग्राहकसमेत प्रशस्त भएको फुडमान्डु डटकमका सञ्चालक मनोहर अधिकारीको भनाइ छ। अहिले त विदेशी ग्राहक नै धेरै छन्। विदेशमा यस्तो चलन धेरै भएको र नेपालीहरू अझै यसमा अभ्यस्त नभैसकेकाले यस्तो भएको हो। इस्टोरनेपाल डटकमले अन्य कुराका साथै केही खाजा पनि उपलब्ध गराउँछ। विशेष गरी विदेशमा बसेका व्यक्तिहरूले नेपालमा भएका आफन्तलाई यस्ता परिकार उपहारका रूपमा उपलब्ध गराउन सक्छन्। विशेष गरी मम, मिठाई र केकजस्ता परिकार बढी उपलब्ध गराउने यसका सञ्चालक बिपिन खत्री बताउँछन्। पुराना र नियमित ग्राहकहरूले यो साइटको सेवा उपभोग गरिरहेका छन्। खाना र खाजाजस्ता परिकार स्वास्थ्यका लागि संवेदनशील पदार्थ भएकाले ग्राहकलाई ढुक्कसँग गुणस्तरीय परिकार उपलब्ध गराउनुपर्छ भन्ने मान्यताका साथ आफूहरूले काम गरिरहेको खत्रीले जानकारी दिए। अनलाइन सपिङकै अवधारणामा अचानो डटकमले पनि केही समय सेवा दिइरहेको थियो। यो साइटमार्फत राजधानीमा बस्ने जोसुकैले पनि मासु अर्डर गर्न सक्छन्। कपनस्थित अचानो मिटल्यान्डले आफ्नो मासु पसलबाट प्रत्यक्ष रूपमा मासु बेच्नुका साथै अनलाइनबाट अर्डर गर्नेहरूलाई घरघरसम्म मासु पुर्‍याइदिन्थ्यो। पछिल्लो समयमा अनलाइनबाट मासु अर्डर गर्नेहरूको संख्या बढिरहेको बताइएको थियो, तर अहिले भने यो साइट बन्द अवस्थामा छ। हेर्दा सहज देखिए पनि अनलाइन खाना उपलब्ध गराउने प्रक्रियामा भने अझै विभिन्न समस्या विद्यमान छन्। काठमाडौंको अव्यवस्थित सहरीकरणले गर्दा भनेको ठेगाना पत्ता नलाग्दा खाना पुर्‍याउनै समस्या देखिएको छ भने ट्राफिक जामले पनि यसमा असर गरेको देखिन्छ। केही रेस्टुराँको प्याकेजिङमा पनि समस्या छ। नेपालमा अनलाइन सपिङको अवधारणा विकास नभैसकेकाले पनि यी समस्या देखिएका हुन्। विश्वमा अनलाइन सपिङको प्रारम्भ सन् १९९४ देखि भएको मानिन्छ। त्यसबेला इ-बैंकिङदेखि पिज्जा हटको अनलाइन पिज्जा सप खुलेको थियो। त्यसपछिको समयमा अनलाइन सपमा ठूलै उपलब्धि देखिएको छ। इ-बैंकिङमार्फत संसारको एउटा कुनाबाट अर्को कुनामा सामान किनबेच गर्न सकिन्छ। यही कार्यलाई पछ्याउँदै नेपालमा पनि अनलाइन सेवा दिने विभिन्न कम्पनी एवं संस्थाहरू परिचित हुने क्रममा छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger