Widgets

Home » » माओवादी र फोरमले भने- 'चुनावविरोधी होइनौं, वातावरण बन्नुपर्‍यो'

माओवादी र फोरमले भने- 'चुनावविरोधी होइनौं, वातावरण बन्नुपर्‍यो'

Written By sangalo on Sunday, May 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

mohan

काठमाडौं, जेष्ठ ६ - सरकारको विपक्षमा रहेका नेकपा- माओवादी र मधेसी जनअधिकार फोरमले आफूहरू निर्वाचनविरोधी नरहेको उल्लेख गर्दै उपयुक्त वातावरण बनेमा चुनावमा जान सकिने धारणा अघि सारेका छन् । उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका एमाले अध्यक्ष झलनाथ खनालको पहलमा आइतबार भएको छुट्टाछुट्टै छलफलमा माओवादी र फोरमले आफ्ना सर्तहरू राखेका छन् । माओवादीले फागुन ३० मा भएको ११ बुँदे सहमति र संविधानको बाधा अड्काउ फुकाउ आदेश खारेज हुनुपर्ने सर्त अघि सारेको छ भने फोरमले उच्चस्तरीय राजनीतिक समितिको खारेजी, मन्त्रिपरिषद् अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने र बाधा अड्काउ फुकाउने क्रममा भएका असंवैधानिक कदम खारेज हुनुपर्ने अडान राखेको छ । 'सार्वजनिक रूपमै भन्दै आएका छौं, त्यही कुरा फेरि पनि भनेका छौं, जुन अवधारणमा चुनावमा जाने कुरा गरिएको छ त्यो गलत हो,' बैठकपछि एमाओवादी सचिव देव गुरुङले कान्तिपुरसूग भने, 'अहिलको अवधारणा खारेज गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ ।' चुनावमा जानका लागि प्रधानन्यायाधीश नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने गुरुङले बताए । '२५ बुँदे बाधा अड्काउ पनि खारेज हुनुपर्छ अनि मात्र अन्य कुरा हुन सक्छन्,' उनले भने, 'हामीले विकल्पको कुरा गरेका छौं तर उहाँहरूले विकल्पमा जान सकिने/नसकिने स्पष्ट गर्नु भएन ।' समसामयिक विषयमा द्विपक्षीय छलफल भने जारी रहने गुरुङले जानकारी दिए । फोरम अध्यक्ष उपेन्द्र यादवले संविधानसभाको चुनाव भएकाले सबैको व्यापक सहभागिता हुनुपर्ने र त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताए । 'निर्वाचनमा व्यापक सहभागिता हुनुपर्छ, त्यसका लागि उपयुक्त वातावरण अहिले छैन, वातावरण बनाएर मात्र चुनाव हुन सक्छ,' अध्यक्ष यादवले भने, 'चार पार्टीको सिन्डिकेट खारेज हुनुपर्छ, मन्त्रिपरिषद् अध्यक्षले सर्वोच्चबाट प्रधानन्यायाधीश पद छोड्नुपर्छ ।' उनले राजनीतिक समिति मान्य नरहेको उल्लेख गरे । फोरम नेतृत्वको मोर्चाले यसअघि सरकारसूग वार्ता गरेको थियो । त्यसमा चुनाव विरोधी नभएको उल्लेख गर्दै त्यसका लागि केही माग अघि सारेको थिए । छलफलमा सहभागी एमाले नेता रघु पन्तले दुवै दलसूग निर्वाचनबाटै निकास खोज्नुपर्ने भएकाले यो प्रक्रियामा सहभागी हुन आग्रह गरिएको जानकारी दिए । 'निर्वाचन नै एक मात्र विकल्प हो र यसबाट मुलुकले निकास पाउूछ भन्ने हाम्रो धारणा हो, त्यसैले निर्वाचनमा सहभागी भएर जान आग्रह गर्‍यौं,' नेता पन्तले भने । उनले दुवै दलको धारणा निर्वाचनविरोधी नरहेको बताए । 'उहाूहरूले आफूहरू निर्वाचनमा नजाने होइन तर त्यसका लाग उपयुक्त वातावरण चाहिन्छ भन्नुभएको छ,' नेता पन्तले भने, 'सकारात्मक कुरा आएको छ, वातावरण बनाउन दलहरूले पहल जारी राख्नुपर्छ ।' उनले निर्वाचन केन्दि्रत गरी असन्तुष्ट दलहरूसूग छलफलको शृंखला सुरु भएको र निरन्तर जारी रहने जानकारी दिए । खनाल उच्चस्तरीय राजनीतिक समितिको संयोजक भए पनि माओवादी र फोरमका नेताहरूले समिति नभई एमाले पार्टीको हैसियतमा आफूहरूले कुराकानी गरेको बताएका छन् । दुवै दलले चारदलीय समिति खारेजीको माग राख्दै समितिको हैसियतमा कुराकानी नगर्ने बताएका छन् । दुई दलको यही अडानका कारण समितिले औपचारिक रूपमा उनीहरूसूग कुराकानी गर्न सकेको छैन । तर दुई दिनअघिको समिति बैठकले माओवादी र फोरमसूग छलफलको पहल गर्ने जिम्मेवारी संयोजक खनाललाई दिएको थियो । त्यही अनुसार खनालले दुई दलका नेताहरूसूग आइतबार डिल्लीबजारस्थित भोजनगृहमा छुट्टाछुट्टै छलफल गरेका थिए । छलफलमा माओवादीका उपाध्यक्ष सीपी गजुरेल र देव गुरुङ, फोरमका अध्यक्ष उपेन्द्र यादव, भरतविमल यादव र रत्नेश्वरलाल कायस्थ सहभागी थिए भने एमालेबाट खनालसहित सचिव विष्णु पौडेल, रघु पन्त र भीम रावल संलग्न थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger