Widgets

Home » » साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा

साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा

Written By sangalo on Sunday, May 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सगरमाथामा मोराक
महिला अधिकार बारे कठोर मुस्लिम मुलुक साउदी अरेबियाकी एक महिला बुर्का नलगाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छिन्। २५ वर्षे राहा मोहाराकले शनिबार सर्वोच्च शिखर सगरमाथा चुचुर चुम्दै साउदी अरबबाट सगरमाथा आरोहण गर्ने प्रथम महिला बनेकी हुन्। कतार तथा प्यालेष्टाइनका पुरुषसँगै उनी सगरमाथाको चुचुरो पुगेकी थिइन्। यो समूहले नेपालको शिक्षा योजनाका लागि १० लाख अमेरिकी डलर संकलन गर्दैछ। साउदी अरेबियाको जेदाह मूलथलो भएकी मोराक दुवइमा बसेर काम गर्छिन्। उनी विश्वविद्यालय ग्र्याजुएट हुन्। महिला अधिकारका बारेमा कोठर मुस्लिम समुदायकी मोराकले धेरै बाधाहरु पन्छाउँदै सगरमाथाको चुचुरोमा पुगेकी हुन्। मोराकलाई सगरमाथा चढ्न उनको परिवारले अनुमती दिएको बीबीसीले जनाएको छ। 'उनका लागि हिमाल चढ्नु आफैँमा ठूलो चुनौती थियो', एक्सपेडिसन वेबसाइटलाई उदृत गर्दै भनिएको छ, 'कसले के भन्छ मैले वास्ता गरिनँ', मोराकले भनेकी छिन्- 'र कसैबाट प्रेरित भएको पनि हैन।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger