भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, जेष्ठ ६ - कांग्रेस सभापति सुशील कोइरालाले लामो आन्तरिक विवादपछि पार्टीका ४२ केन्द्रीय विभागलाई पुर्णता दिएका छन् । कोइरालाले आफ्नो कार्यकाल सकिनै लाग्दा पुर्णता दिएको विभाग गठन विवाद मुक्त भने हुन सकेन । उनले शनिबार राती सवा नौ बजे विज्ञप्ती मार्फत विभाग गठनको घोषणा गरेका थिए । १२ औं महाधिवेशनमा सभापति चुनिएपछि निरन्तर आन्तरिक विवादझमेलामा फस्दै आएका कोइरालाले कार्यकालको झन्डै तीन बर्षमा विभागलाई पुर्णता दिएका हुन । तर, बरिष्ठ नेता शेरवहादुर देउवा पक्षले भने सन्तुलित र सहमतीका आधारमा विभागका सदस्यहरु नराखिएको भन्दै असन्तुष्टी जनाएको छ । विभागमा नौ सयभन्दा बढी सदस्य राख्दासमेत आफ्नो पक्षमा दुई सय पनि नपरेको भन्दै देउवा पक्षले असन्तुष्टी जनाएको हो । गत असारमा कोइरालाले सवै विभागका संयोजक तोकेका थिए । तर, देउवा पक्षका १२ विभाग र ६ अंचल संयोजकले विधान र सहमतीको भावना विपरित भन्दै राजीनामा दिएका थिए । त्यसको एकबर्षमा विभागलाई पुर्ण दिइएपनि पार्टीभित्रको विवाद पुनः उल्झने देखिएको छ । विभागलाई पुर्णता दिन नेता देउवासँग सहमति जुटाएपनि सदस्यहरु राख्दा भने सन्तुलन नमिलाएको उक्त पक्षको आरोप छ । कोइरालाकै आग्रहमा देउवा पक्षले ४२ विभागमा दश जनाका दरले झन्डै साढे पाँच जनाको लिष्ट कोइरालालाई बुझाएको थियो । केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र ज्ञानेन्द्रवहादुर कार्कीले केही दिन अघि कोइरालाई बुझाएको लिष्टमध्ये दुई सय पनि नपारिएको देउवा निकट एक सदस्यले कान्तिपुरलाई बताए । कुन- कुन विभागमा क- कसलाई राख्ने भन्ने छनौट टोलीमा आफ्नो पक्षका कसैलाई पनि नराखिएकोमा पनि देउवा पक्षको चित्त दुखाई छ । कोइरालाले आएका नामहरूमा छानविन गरी टुंगोमा पुर्याउन आफ्नै 'कोटरी' का प्रवक्ता दिलेन्द्र बडु, केन्द्रीय सदस्य दिलवहादुर घर्ती, आनन्द ढुंगाना, र गोपाल पहाडीलाई जिम्मा दिएका थिए । निधिले राजीनामाको भावना अनुकुल विभाग गठन नभएको बताए । 'सभापतिजीले शेरवहादुर जीसँग नाम माग्नु भएको हो । शेरवहादुरजीले सल्लाह गरेर गरौला भन्नुभयो । तर, सुशिलजीले नाम दिनुहोस म मिलाएरै गर्छु भनेर भन्नुभयो,' उनले भने भने, 'अहिले जस्तो किसिमले घोषणा गरियो । यो सहमतीको भावना अनुकुल भएन । सन्तुलन पनि देखिएन । यसमा हाम्रो सहमती छैन ।' निधिले राजीनामा दिएका र नोट अफ डिसेन्ट लेखेका साथीहरुको भावनालाई सम्वोधन हुनेगरी गठन गर्न आग्रह गरिएकोमा त्यस्तो नभएको बताए । तर, सभापति कोइराला निकटका सदस्य दिलवहादुर घर्तीले भने सभापति र बरिष्ट नेता देउवा बीच समझदारी अनुरुपै विभागलाई पुर्णता दिईएको दावी गरे । 'सहमतीका साथ अघि बढ्ने समझदारी भएपछि उहाँहरु (देउवा पक्ष) ले लिष्ट दिनु भएको हो । त्यसैका आधारमा महत्वपुर्ण साथीहरुलाई यताउता नभनी जिम्मेबारी दिईएको छ,' उनले भने, 'केही कमीकमजोरी भए होलान । तर, सन्तुलन नै नभएको भन्ने होइन ।' हचुवाको भरमा समितिमा राखिएको, मधेशमा प्रतिनिधित्व कम भएको भन्दै संस्थापन पक्षबाटै पनि असन्तुष्टी प्रकट भएको छ । संस्थापन पक्षका कतिपय सदस्यले विभाग संयोजकसंग नाम मागेर आफू खुशी राखिएको भन्दै असन्तुष्टी जनाएका छन् । 'कतिपय नाम त दोहरिएका छन । कतिपय पार्टी छाडीसकेकालाई पनि राखिएको छ,' संस्थापन पक्षकै एक सदस्यले कान्तिपुरसंग भने, 'कुन व्यक्ती कुन विभागमा उपयूक्त हो भन्ने समेत नबुझी हचुवाका भरमा राखिएको छ ।' यसैबीच विद्यार्थी विभागमा परेका पूर्व उपाध्यक्ष राजिव ढुंगाना, केन्द्रीय सदस्य अञ्जन लामा, पूर्व महामन्त्री जितजंग बस्नेतले आफूहरुसंग सल्लाहै नगरी सदस्यमा राखिएकोमा असन्तुष्टी जनाउदै नबस्ने घोषणा गरेका छन । रावल कांग्रेसमा ? कोइरालाले जनअधिकार फोरम लोकतान्त्रिकका नेता तिलक रावललाई वित्तिय संस्था समन्वय विभाग सदस्यमा राखेका छन् । केही समयदेखि पार्टी शैलीप्रति असन्तुष्ट रावल कांग्रेसमा औपचारिक रुपमा भने प्रवेश गरीसकेका छैनन । विभाग संयोजक राजनप्रसाद पन्तले कांग्रेस आउने हल्ला सुनेपनि आफूलाई औपचारिक रुपमा प्रवेश गरे/नगरेको जानकारी नभएको बताए । कांग्रेस नेता रामशरण महतले पनि कांग्रेस आउनेबारे छलफल भएपनि औपचारिक रुपमा पार्टीमा प्रवेश गरी नसकेको बताए । पार्टी प्रवेशै नगरी विभाग सदस्यमा राखिएकोप्रति कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले सभापतिसंग असन्तुष्टी पोखेका छन । यसबारेमा रावलसंग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.