भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, जेष्ठ ४ - एकताको महाधिवेशनपछि राष्ट्रिय जनशक्ति पार्टी र राप्रपाको पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने भएको छ । एकता महाधिवेशनको बन्दसत्रमा शनिबार नेता परशुराम खापुङले विधान पेश गर्दा राष्ट्रिय शक्ति प्रजातन्त्र पाटीको नाम उच्चारण गरेपछि होहल्ला भएको थियो । नेताहरुले एकतापछि पार्टीको नाम राप्रपा नै रहने प्रतिवद्धता जनाएपछि कार्यकर्ता शान्त भए । खापुङ संयोजक रहेको ७ सदस्यीय विधान मस्यौदा समितिले १ सय ७ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको छ । ४ सदस्यीय उच्चस्तरीय कार्य सम्पादन समिति अर्थात् अध्यक्षमण्डलको व्यवस्था गरिएको छ । अध्यक्षमण्डलमा सूर्यबहादुर थापा, पशुपति शमशेर जबरा, लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीले पालैपालो पार्टीको अध्यक्षता गर्ने सहमति भइसकेको छ । पार्टीमा ३ महामन्त्री, ५ सह-महामन्त्री, कोषाध्यक्ष र प्रवक्ता १/१ जना रहने १३ सदस्यीय उच्चस्तरीय कार्यसम्पादन समितिको व्यवस्था गरिएको छ । महाधिवेशनले ७३ जनालाई जना निर्वाचित गर्नेछ भने ३० जना केन्द्रीय सदस्य मनोनयनको व्यवस्था प्रस्तावित विधानमा छ । विधान पारित भएपछिमात्र निर्वाचन गर्ने कार्यक्रम छ । बन्दसत्रमा नेता प्रकाशचन्द्र लोहनीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भयो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.