Widgets

Home » » सेक्सी बनाउन ओठमा सय सुइ हान्ने युवती गिनिज बुकमा

सेक्सी बनाउन ओठमा सय सुइ हान्ने युवती गिनिज बुकमा

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

पहिले पहिले त कुनैपनि शारीरिक समस्या वा रोगको उपचारका लागि सर्जरी गरिन्थ्यो । तर अब यो सर्जरी भन्ने कुरा फेसन जस्तै बनेको छ । अझ पश्चिमा समाजमा युवतीहरुबीच यो सर्जरी भन्ने चिजको होडबाजी नै चल्ने गरेको छ ।
1
कसैले आफ्ना स्तनको आकार बढाउन त कसैले नितम्बको आकार बढाउन समेत सर्जरी गराउने गरेका छन् । सुन्दर देखिनका लागि यस्ता सर्जरी गर्ने सेलिब्रेटीहरु बग्रेल्ती छन् । तर यो दुनियामा यस्ता मान्छे पनि छन् जसले कार्टुनको एक पात्रबाट प्रभावित भएर आफ्नो ओँठलाई कामुक बनाउने भन्दै ओठमा एक सय वटा सुइ लगाउँछन् ।
कार्टुनको एक महिला पात्रको सेक्सी ओठबाट प्रभावित भएर आफ्नो ओठलाई पनि त्यस्तै बनाउने नशा चढेपछि ओठ सेक्सी बनाउन सुइ घोच्ने क्रिस्टिना री २३ वर्षकी भइन् । सेक्सी ओठ बनाउने भुतलाई शान्त पार्दा उनको ओठ निकै कुरुप बनेको छ तापनि उनले विश्वको सबैभन्दा ठूलो ओठ भएको व्यक्तिको रुपमा आफ्नो नाम गिनिज बुकमा लेखाउन सफल भएकी छिन् ।
2
रुसकको सेन्ट पिटर्सबर्गकी क्रिस्टिना आफैमा नङको सौन्दर्य विज्ञ हुन् । उनमा आफ्नो ओठलाई गुलाबी तथा सेक्सी बनाउने चाहना यति धेरै भयो की उनले ६,२०० डलर तिरेर आफ्नो ओठमा झण्डै १०० पटक सिलिकन इन्जेक्सन लगाइन् ।
आफुलाई आफ्ना ओठ मन नपरेको र कार्टुनकी पात्र जेसिका रेबिटका जस्ता बनाउने इच्छा जागेकाले आफुले ओठमा सुइ लगाएको उनी बताउँछिन् । उनले १७ वर्षकी हुँदा पहिलोपटक ओठमा सुइ हानेकी थिइन् र त्यो सिलसिला वर्षैपिच्छे बढ्दै गयो । हरे भगवान मान्छेका इच्छा पनि कस्ता कस्ता ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger