Widgets

Home » » निगमको मासिक घाटा ४८ करोड रुपैयाँले बढ्ने अनुमान

निगमको मासिक घाटा ४८ करोड रुपैयाँले बढ्ने अनुमान

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१८ असार, काठमाडौं । नेपाल आयल निगमको मासिक घाटा ४८ करोड रुपैयाँ बढेर ७२ करोड ७१ ल्ााख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको नयाँ मूल्यअनुसार निगमको मासिक घाटा अत्याधिक मात्रामा बढ्ने अनुमान गरिएको हो । यसअघि पठाएको मूल्यअनुसार निगमको मासिक घाटा २५ करोड रुपैयाँमात्र थियो ।
nocपछिल्लो समय अमेरिकी डलरको भाउ बढेपछि निगमको मासिक घाटा अकल्पनीय रुपमा बढेको निगमले बताएको छ । साथै, केही समय अगाडी ग्यास उद्योगी र बिक्रेतालाई गरिएको कमिशन वृद्धिले पनि निगमको मासिक घाटा बढ्न गएको हो । नयाँ मूल्यअनुसार निगमलाई खाना पकाउने ग्यासमा मासिक ६२ करोड ३९ लाख रुपैयाँ र डिजेलमा ४४ लाख ९६ हजार रुपैयाँ मासिक घाटा हुने अनुमान गरिएको छ । निगमलाई ग्यासमा प्रतिसिलिण्डर ४ सय ४५ रुपैयाँ ६७ पैसा घाटा हुनेछ । त्यस्तै, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ६१ पैसा घाटा खानुपर्ने छ ।
निगमलाई पेट्रोल, मट्टतिेल र हवाई इन्धनमा नाफा देखिएपनि उक्त नाफा घटेको छ । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा मासिक ५ करोड ३ लाख रुपैयाँमात्र नाफा हुने देखिएको छ । त्यस्तै, मट्टतिेलमा मासिक ३ करोड ४६ लाख रुपैयाँ र हवाई इन्धनमा मासिक २६ करोड १५ लाख रुपैयाँ नाफा हुने देखिएको छ । निगमलाई प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ८० पैसा, मट्टतिेलमा ११ रुपैयाँ ५४ पैसा, हवाई इन्धन आन्तरिक उडानतर्फ २२ रुपैयाँ ८४ पैसा, अन्तर्राष्ट्रिय उडानतर्फ २७ रुपैयाँ ५७ पैसा नाफा हुने अनुमान गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger