Widgets

Home » » डरलाग्दो हुँदैछ फेसबुकको कुलत

डरलाग्दो हुँदैछ फेसबुकको कुलत

Written By sangalo on Tuesday, May 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


फेसबुक पछिल्लो समयमा मानिसको जिवनशैली नै बनेको छ भन्दा फरक नपर्ला । नयाँ पुस्ता एक किसिमले फेसबुक जस्तो सामाजिक संजालको अम्मली नै बन्दै गएको छ । विज्ञहरुले फेसबुकका कारण युवाहरु मनोरोगी बन्दै गएको बताएका छन् । इजरायली शोधकर्ताहरुले फेसबुकका कारण युवापुस्तामा मनोरोग बढ्दै गएको बताएका हुन् । तेलअबिब विश्वविद्यालयका शोधकर्ताका अनुसार फेसबुकमा बन्ने भर्चुअल रिलेसनसिपले इन्टरनेटको कुलतमा युवायुवतीहरुलाई फसाइरहेको छ र ठूलो भ्रम सिर्जना समेत गरिदिने गरेको छ । शोधकर्ता डाक्टर उरी नित्जानका अनुसार फेसबुकको अधिक प्रयोग र युवाहरुको मनोवैज्ञानिक समस्याका बीचमा दहि्रलो सम्बन्ध बन्दै गएको छ । फेसबुक जस्ता सोसल साइटमार्फत प्रेम सम्बन्ध गाँसिने तथा सम्बन्ध टुट्ने जस्ता घटनाहरुका कारण उनीहरुमा एक्लोपना, तनाव जस्ता समस्या देखिन्छन् जसले कालान्तरमा मनोरोग सिर्जना गर्छ । शोधकर्ताहरुका अनुसार १८ देखि ३४ वर्ष उमेरका ४८ प्रतिशत युवायुवतीले निद्राबाट जाग्ने बित्तिकै चाहे मध्यरात नै किन नहोस् मोबाइलमै भएपनि आफ्नो फेसबुक लगइन गरिहाल्छन् । यसरी तन्द्रामै फेसबुक चलाउनेमध्ये २८ प्रतिशतले ओछ्यानमा सुतेरै फेसबुक खोलेका हुन्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger