भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
जेठ १७ गतेको रिलिज मिति पर्खेर बसेको चलचित्र रोमान्सलाई १६ वर्ष उमेर माथिकाले मात्र हेर्न पाउने भएका छन्। सेन्सर बोर्डले नेपाली चलचित्र रोमान्सलाई सोमबार राती एडल्ट सर्टिफिकेट दिएको हो । पछिल्लो समय नेपाली चलचित्र बजारमा बाक्लो पतिस्पर्धाका बीच प्रचार प्रसारमा रहेको चलचित्र रोमान्सले एडल्ट सर्टिफिकेट पाएको हो । सेन्सरले एडल्ट सटिफिकेट दिएको जानकारी डिसीनेपाल डटकमलाई दिदै रोमान्सका निर्देशक बीबी फुयालले भने ‘हिजो सँझ कुनै दृश्य नकाटि सेन्सरले एडल्ट सर्टिफिकेट दियो । एउटा दृश्य जहाँ बच्चाले चुरोट खाएको देखाइएको थियो । त्यो दृश्यलाई भने हटाउनु भनेको छ ।’ चलचित्रका संवाद र केही दृश्यमा सेन्सर बोर्डले कैँची चलाउँने चर्चा चलिरहेको बेला सेन्सरले सहज रुपमा एडल्ट सर्टिफिकेट दिएको प्रति नायिका स्मिताले चलचित्र राम्रो भएकाले सेन्सरले कैँची नचलाएको भन्दै खुशी व्यक्त गरिन् । स्मिता थपलियाको प्रमुख भूमिका रहेको चलचित्रमा विदेशीएका श्रीमानका श्रीमतीले भोग्नु पर्ने पीडालाई प्रस्तुत गरिएको छ । त्यसमा पनि श्रीमान विदेशीएपछि श्रीमतीमाथि अन्य पुरुषले कसरी रोमान्स गरेर श्रीमतीलाई पीडा दिन्छन् र त्यसले समाजलाई कस्तो असर पार्छ भन्ने कथालाई उनिएको निर्माण पक्षले बताएको छ । बीबी फुयाल र एलएन गौतमले संयुक्त रुपमा निर्देशन गरेको चलचित्र रोमान्समा विशाल पोखरेल र स्मिता थपलीया प्रमुख भूमिकामा देखिने छन् भने सुरेश चौधरी, समन्त आचार्य आर वि.के निर्दोष, आदित्य त्रिपाठी, आकाश श्रेष्ठको अभिनयलाई चलचित्रमा प्रमुख रुपमै देख्न सकिने छ । बीबी फुयालको कथा रहेको चलचित्र रोमान्स नारी प्रधान भएको कलाकार समन्त आचार्य बताउँछन् । रंगमञ्चबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका फुयालले यसअघि लास्ट किस, लभ यु म्यान जस्ता चलचित्रमा निर्देशकको भूमिका निर्वाहा गरिसकेका छन् भने अन्य दर्जनौ चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरेको अनुभव संगालेका छन् । चलचित्र रोमान्समा नृत्य निर्देशन कविराज गतराज र शिव शर्माले गरेका छन् भने द्वन्द्व निर्देशनमा जमेर लागेका छन् देव महर्जन । गौतम क्रिएसनको ब्यानमा बनेको चलचित्र रोमान्स गौतम क्रिएसनको दोस्रो प्रस्तुती हो । चलचित्र रोमान्समा टंक बुढाथोकीको संगीत सुन्न सकिने छ भने छायाङ्कनमा हरिनारायण चौधरीले मिहिनेत गरेका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.