भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हेटौंडा, जेष्ठ ८ - पत्नीलाई भारतीय कोठीमा बिक्री गरेको ठहर गर्दै जिल्ला अदालतले एकजनालाई २० वर्ष कैद फैसला गरेको छ । साथै पीडकलाई २ लाख जरिवाना फैसला गरेको छ । अदालतले पीडितलाई पीडकबाट ३ लाख क्षतिपूर्तिस्वरूप उपलब्ध गराउन आदेश गरेको छ । उक्त रकम सरकारले पुनःस्थापना कोषबाट तत्काल पीडितलाई उपलब्ध गराउन आदेश गरेको छ । पीडितलाई उपलब्ध गराएको रकम सरकारलाई पीडकबाट असुल्न आदेश गरेको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको मंगलबारको इजलासले टिस्टुङ ८ का ५३ वर्षीय मानबहादुर थोकरलाई २२ वर्ष अघि पत्नी बिक्री गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । टिस्टुङ २ की एक युवतीलाई विभिन्न प्रलोभनमा २०४८ सालमा विवाह गरेर जिल्लाको पदमपोखरी हुँदै भारतको कोठीमा लगेर २ लाखमा बिक्री गरेका थिए । नुवाकोट, रानीपौवामा विवाह गरेर माइती बसेकी २० वर्षीया युवतीलाई थोकरले विवाह गरेर पदमपोखरीस्थित मितिनी दिदीको घरमा राखेका थिए । मितिनी दिदी र भिनाजुले हेटौंडा बजार ल्याएर मिरिन्डा सेवन गराएर लठ्ठयाएका थिए । उनलाई लठ्ठ पारेर भारतको कोठीमा पुर्याएर बिक्री गरेका थिए । उनलाई बिक्री गर्दा दिदी हरिमाया, भिनाजु हर्कलाल र मानबहादुर साथमा थिए । उनीहरूले २ लाखमा युवती बिक्री गरेर मुलुक फर्केका थिए । १५ वर्षसम्म युवतीले कोठीमा नारकीय जीवन बिताइन् । भारत गुजरातका एक ग्राहकको सहयोगमा उनी २०६३ सालमा उम्कन सफल भएकी थिइन् । ५ वर्षसम्म ग्राहकको घरमा बसिन् । २०६८ साल मंसिरमा त्यही ग्राहकको सहयोगमा उनी र्फकन सफल भइन् । मुलुक आएपछि हेटौंडास्थित एक गैरसरकारी संस्थाको कार्यक्रममा आफ्नो घटना सुनाएपछि माइती नेपाल हेटौंडा शाखाले थोकरलगायतको विरुद्धमा प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा प्रहरीले थोकरलाई तत्काल पक्राउ गरेको थियो । हरिमाया र हर्कलाल फरार छन् । पीडित महिला माइती गाउँमा व्यापार गरेर बसेकी छन् । - See more at: http://www.ekantipur.com/np/2070/2/8/full-story/368529.html#sthash.WKN0b6YX.dpuf
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.