भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, जेष्ठ ५ - पाकिस्तानमा आज बिहान महिला नेतृत्वको हत्या भएको छ । पाकिस्तानको कराँची क्षेत्र नं. २५० मा पुनः निर्वाचन हुने दिन पाकिस्तान मुभमेन्ट फर जस्टिस (पीटीआई) की उपाध्यक्ष जाहारा साहिद हुसेनको गोली हानी हत्या भएको हो । नव गठित उक्त पार्टीको नेतृत्व पूर्व क्रिकेटर इमरान खानले गरेका छन् । तीन वटा मोटरसाइकलमा आएका बन्दुकधारीले उनको हत्या गरेको प्रहरीले बताएको छ । ती मोटरसाइकलमा सवारहरुले सुरुमा हुसेनको पर्स थुत्न खोजेका थिए । त्यसलगत्तै उनीहरुले दुई राउन्ड गोली उनको टाउकोमा प्रहार गरेको प्रहरीलाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । गत हप्ता निर्वाचन सम्पन्न भएको पाकिस्तानको राजधानी करााचीको २५० नम्बर निर्वाचन क्षेत्रमा आज पुनः निर्वाचन हुादै छ । उनलाई मार्नुको कारणबारे केही थाहा नभएपनि पार्टी अध्यक्ष इमरान खानले भने मुताहिदा क्वामी मुभमेन्टका नेता अल्ताफ हुसेनलाई हत्याको आरोप लगाएका छन् । उनले सरकारसाग हुसेनलाई कारवाही गर्न माग गरेका छन् । हुसेन हाल बेलायतमा छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.