Widgets

Home » » १२ वर्षपछि सूर्यबहादुर पुन: राप्रपा अध्यक्ष

१२ वर्षपछि सूर्यबहादुर पुन: राप्रपा अध्यक्ष

Written By sangalo on Sunday, May 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

surya bahadur thapa

काठमाडौं, जेष्ठ ५ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा सूर्यबहादुर थापा सर्वसम्मत चयन भएका छन् । राप्रपा-राजपा एकता महाधिवेशनको बन्दसत्रमा आइतबार राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाको प्रस्तावलाई वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीले समर्थन गरेपछि थापा निर्विरोध भएका हुन् । पूर्वप्रधानमन्त्री थापा राप्रपाका संस्थापन अध्यक्ष हुन् । २०४७ मा थापा र चन्दको नेतृत्वमा एउटै नाममा स्थापना भएको पार्टी २०४८ मा एकीकृत हुँदा थापा नै अध्यक्ष थिए । २०५८ मा पोखरा महाधिवेशनबाट थापा समर्थित लोहनीलाई पराजित गर्दै राणा अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि थापाले २०६१ फागुन ३० मा राप्रपाबाट अलग्गिएर आफ्नै नेतृत्वमा राजपा गठन गरेका थिए । नेपाली राजनीतिका चतुर खेलाडी थापा पञ्चायत, बहुदलीय व्यवस्था र पछिल्लो शाही शासन गरी ६ पटक देशको प्रमुख कार्यकारी पदमा पुगेका थिए । अधिवेशनले पार्टीलाई सामूहिक नेतृत्व प्रणालीमा लैजान ११ सदस्यीय उच्चस्तरीय कार्यसम्पादक समिति रहने गरी नयाँ विधान पारित गरेको छ । समितिमा अध्यक्ष थापा, वरिष्ठ नेता चन्द, राणा र लोहनी चयन भएका छन् । बाँकी सदस्य केन्द्रीय कार्यसमितिले तय गर्नेछ । केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया सोमबार बिहान सुरु हुनेछ । विधानअनुसार केन्द्रीय समितिमा खुला क्षेत्रबाट ३५, महिलाबाट १०, जनजातिबाट ११, तराई-मधेस क्षेत्रबाट ९, दलित बाट ४, मुस्लिम र कर्णालीबाट १/१ निर्वाचित हुने छन् । अध्यक्षले ३० सदस्य मनोनीत गर्नेछन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger