भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चलचित्रमा ‘सेक्स’ बिक्छ भन्ने अर्को उदाहरण बनेको छ, ‘युज’ । गएको शुक्रबार एकैसाथ चार चलचित्र प्रदर्शनमा आएका थिए । जसमा सेक्सलाई मुख्य विषयवस्तु बनाइएको चलचित्र ‘युज’ले यतिखेर राम्रो दर्शक पाइरहेको छ । प्रशर्दनको तेस्रो दिनसम्म ‘युज’ले दर्शक युज गरिरेको दावी निर्देक बाबु बलामीले गरेका छन् । उनका अनुसार आइतबारको दोस्रो शो हेर्न विश्वज्योति हलमा दर्शकको भीड लागेको थियो । बलामीका अनुसार पोस्टरले पनि दर्शक तान्न सफल भएको छ । उनले भने, ‘यसपटक फेरी दर्शक सेक्सकै विषयवस्तु रुचाउँदारहेछन् भन्ने ‘युज’ले देखाएको छ ।’ ‘एडल्ट’ सर्टिपिर्केट पाएको ‘युज’को पोस्टर पनि एडल्ट छ । ग्लयामर्स पोस्टरकै कारण सेन्सर बोर्डलाई स्पष्टीकरण दिनुपरेको बलामीले बताए । पोस्टरमा नायिका सीमा केसीको उत्तेजक तस्विर राखिएको छ । चलचित्रको विषयवस्तु अनुसार पोस्टरमा ग्लयामर्स तस्विर राखेको बलामीको भनाइ छ । सेक्सलाई सही रुपमा सदुपयोग ग¥यो भने जीवन सार्थक बन्छ भन्ने विषय केन्द्रित ‘युज’मा सीमा केसीर सुवास मेचेको मुख्य अभिनय छ । यो चलचित्र पूर्वाञ्चलबाहेक देशका ३० सिनेमा हलमा प्रदर्शन भइरहेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.