भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चितवन, जेष्ठ ५ - चैत अन्तिम साता चितवनको गीतानगर गाविसस्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक वनको सीमाना क्षेत्रमा २ स्थानीयमाथि आक्रमण गरी मार्ने बाघको आइतवार बिहान चितवन निकुञ्जको मुख्यालय कसरामा मृत्यु भएको छ । बाघको आक्रमणबाट गीतानगर ४ का ७० बर्षे हनुमन्ते सार्की र गीतानगर १ का ३४ वर्षीय भीम बहादुर आलेमगरको मृत्यु भएको हो । आक्रमणबाट स्थानीय बिकास न्यौपाने घाइते भएका थिए । निकुञ्ज कार्यालयले आइतवार अपरान्ह जारी गरेको प्रेस बिज्ञप्ती अनुसार करिब १६ बर्षको बाघ आक्रमणका बेला कमजोर थियो । उक्त बाघलाई निकुञ्जका प्राविधिकले स्थानीय माथि आक्रमण गरेकै दिन डार्ट गरेर नियन्त्रणमा लिएका थिए । निकुञ्जका सहायक संरक्षण अधिकृत टिकाराम पौडेलका अनुसार त्यस बाघलाई अर्को बाघले आक्रमण गरेर ढाड र पुच्छरको भाग तथा गर्धनमा घाउ बनाएको थियो । 'चोटपटक लागेर अशक्त थियो,' बिज्ञप्तीमा उल्लेख छ,' झोक्राएर बस्ने गरेको थियो ।' शनिवार देखि खोरमा झोक्राएर बसेको बाघको आइतवार बिहान मृत्यु भएको थियो । २ सय ५६ सेन्टिमिटर लम्बाइ भएको बाघको पोष्टमार्टमबाट बुढो भएको, कमजोर र चोटपटक लागेका कारण अशक्त भएर मृत्यु भएको पाइएको बिज्ञप्तीमा उल्लेख छ । पोष्टमार्टम पश्चात बाघलाई निकुञ्ज मुख्यालय कसरा नजिक खाडल खनेर गाडीएको कार्यालयले जनाएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.